Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

रामधुनी नगरपालिकाको आयोजनामा आईतवार देखि १५ बिधामा बिध्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

२६ चैत्र २०७५, मंगलवार ०७:१६


बिध्यार्थिहरुमा खेलकुद बिकास गर्न रामधुनी नगरपालिकाले आईतवारबाट बिध्यालय स्तरीय प्रतियोगिता सुरु गरेको छ । नगरका सामुदायीक र संस्थागत बिध्यालयहरुको सहभागीतामा रामधुनी वडा नं. ९ अन्तर्गत रहेको धुरहा फिल्डमा बिभिन्न बिधा अन्तर्गत खेलकुद सञ्चालन गरेको हो ।

बिभिन्न १५ बिधामा खेलकुद गराईरहेको नगरपालिकाले जनाएको छ । प्रतियोगिता अन्तर्गत खेलहरुमा छात्र र छात्रा दुवै तर्फको १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. ४×४०० मि. रिले दौड,४×१०० मि। रिले दौड,लङ्ग जमप,हाई जम्प,ट्रिपल जम्प,सटपुट छेलो,ज्यावलिन थ्रो,भलिवल र कबडी खेलको प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिता उद्धघाटनमा १०० मि. दौड,सटफुट छेलोको प्रतियोगिता गराईएको छ । आईतवार भएको सञ्चालन भएको प्रतियोगिताको फाईनल भने सोमवार हुने छ । चैत्र २४ देखि चैत्र २६ सम्म एथलेटिक्स र चैत्र २७ देखि चैत्र २९ सम्म भलिबल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता खेलकुद बिकास नगर समितिकी संयोजक तथा उपमेयर सबिना चौधरीको सभापतित्वमा मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको हो् । खेलकुदले स्वस्थय रह्न,ब्यक्ति,समाज,नगर लगायत राष्ट्रियको पहिचान बन्न सक्ने भन्दै अतिथीहरुले महत्वको बारेमा दर्शाएका थिए । वडाअध्यक्ष घनश्याम चौधरी, हेमनारायण राजधामी, शिक्षा अधिकृत राजन गेलालले मन्तब्य राख्दै महत्वको बारेमा बोलेका थिए ।

सुनिल चौधरी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै