मेवा मिठो फल मात्र होइन, एउटा औषधी पनि हो


मेवा एक मिठो फल मात्रै हैन यो जुनसुकै रोगीले पनि खान मिल्ने एक बहुउपयोगी स्वस्थ फल हो । दक्षिण अमेरिकामा उत्पत्ति भएको मानिने यो फल त्यहाँबाट मलेशिया, फिलिपिन्स हुँदै भारतमा भई त्यसपछि हाम्रो देश नेपालमा भित्रिएको मानिन्छ ।

‘भिटामिन ए’ को प्रमुख स्रोत भएको यो फलमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, कार्बोहाइड्रेट तथा फाइबर पनि पर्याप्त मात्रामा पाइन्छ । गर्मि याममा अमृत सामान हुने मेवाको सेवन औषधीसरह धेरै लाभदायी र बहुउपयोगी रहेको छ ।

– दाद आएमा
काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद निको हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।

– जिब्रो फुटेमा
काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा बिहान/बे लुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

– कोलस्टेरोलमा
मेवामा पर्याप्त मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोलको मात्रा घटाउँछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

– छालालाई चाउरी पर्नबाट जोगाउने
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट जोगाउँदछ । जसकारण मानिसलाई युवा बनाईराख्न मद्दत मिल्छ ।

– डंडीफोर र चाँया भएमा
काँचो मेवाको टुक्राले नियमित रुपमा बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

– पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

– मलद्वारसंबन्धी समस्यामा
मेवाको जुसले मलद्वारको संक्रमणसम्बन्धि समस्यामा सकारात्मक फाईदा पुर्याउने गर्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

– मिर्गौलाको समस्यामा
मिर्गौलाको समस्या भएका मानिसहरुलाई मेवाले धेरै फाईदा पुर्याउँछ । मेवामा पाईने एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ । साथै विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा समेत मेवाले पुनः पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ ।

– तौल घटाउन
मेवामा उच्च पोषण र न्युन मात्रामा क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी हुन्छ ।

– बिहानीको वाकवाकीमा
विशेषगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा हटाउन मेवाले मद्दत गर्दछ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।

– कन्स्टिपेसनमा
मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमै पचाउन मद्दत गर्छ ।

– कलेजोको क्यान्सरमा
मेवाको एक महत्वपुर्ण फाईदा यो हो कि, यसमा क्यान्सरसंग लड्ने क्षमता हुन्छ । यसले क्यान्सर भएको कोषको वृद्धि हुने क्रमलाई रोक्ने कार्य गर्दछ । जसकारण यसले क्यान्सरबाट समेत जोगाउँछ ।

– हाडजोर्नी
हाडजोर्नी दुख्ने सम्बन्धि समस्याहरुका लागि पनि मेवाले फाईदा पुर्याउँछ । मेवामा जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ । विशेषगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ ।

– प्रतिरोधी क्षमतावृद्धिमा
मेवामा सबैभन्दा बढी भिटामिन ए र भिटामिन सी पाईन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । खासगरी रुघाखोकी, ज्वरो भइरहने बिरामीलाई यसले फाईदा पुर्याउँछ ।

– स्याम्पुको रुपमा
यदि तपाईको कपालमा चायाँ परेको छ भने, मेवाका तत्व मिसाइएको स्याम्पु प्रयोग गर्नुस् ।

– डेंगु
मेवाको पातको जुसले शरीरमा रक्तकोषहरुको वृद्धि गर्छ । र यसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्छ ।

– रजस्वला अनियमित भएकोमा
महिलाहरुमा हुने अनियमित रजस्वला समस्यामा मेवाको नियमित सेवनले सन्तुलित बनाउँछ ।


Loading comments...