Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

बिहान छिटो उठाउन सहयोग गर्ने ८ टिप्स

२९ चैत्र २०७५, शुक्रबार २०:०२


बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन । बिहान ढिलासम्म सुत्नाले हाम्रो शरिर आलस्य हुनुका साथै तनाव बढ्ने हुन्छ । र हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ ।

 

१. अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफै उठ्नुपरोस् । एकपटक ओछ्यानबाट उठिसकेपछि निद्रा आफै हराएर जान्छ ।

२. आफु सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्री सेल्सियसकाबीच राख्नुस् । यसले रातको समयमा बेलाबेलामा निद्रा खुलाउछ र बिहान चाडै उठ्नमा सहयोग पुग्छ ।

३. विहानको अर्लामिङ समय ५, ५ मिनेटको दरले कम गर्नुस् । हरेक दिन यसो गर्नाले बिहान चाँडो उठ्ने बानीको विकास हुन्छ ।

४. सुत्नुअघि विद्युतिय सामान ओछ्यानबाट टाढा राख्नुस् । राती सुत्दाखेरी मोवाइल तथा ल्यापटमसंगै राखेर तथा चलाएर ओछ्यानमा बस्नाले निद्रा हराउछ र बिहान चाँडो उठ्न सकिदैन ।

५. सुत्नुअघि आफैलाई प्रेरित गर्नुस् । बिहान चाडो उठ्नुछ भन्दै आफैले आफैलाई प्रेरित गर्नु्स् ।

६. रातको समयमा प्रोटिनयुक्त तथा क्षमताभन्दा बढि खानेकुरा नखानुस् । धेरै खाना खाएमा निद्रा चाँडो आउँछ र बिहान ढिलासम्म सुत्ने हुन्छ ।

७. सुत्नुअघि चिया र कफि पिउने बानी साह्रै नराम्रो । यदि यस्तो बानी छ, भने सुत्नुअघि आजैदेखि बन्द गर्नुस् र बिहान चाँडै उठ्ने बानी बसाल्नुस् ।

८. बिहानको अर्लाम बजिसकेपछि स्नुज बटम नदबाउनुस् र अर्लाम बज्नेवित्तिकै उठ्ने बिनी बसाल्नुस् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै