Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

१ डलर वार्षिक पारिश्रमीक लिने यी अरबपतीहरु

२८ चैत्र २०७५, बिहीबार ०८:००


बिश्वका सबैभन्दा धनी र चर्चित व्यक्तित्वहरुमा सिद्धहस्त कम्पनीका सिईओहरु पर्दछन् । यस्ता चर्चित अनि सफल सिईओहरु निकै धनी त छन् तर उनीहरुको वार्षिक पारिश्रमीक भनें अपत्यारिलो छ । पत्याउनुहुन्छ कि उनीहरु केवल रु ११२ को हाराहारीमा अर्थात १ डलर प्रतिवर्षको तलब लिन्छन् भनेंर ?

सिलिकन भ्यालीका कैयन बिश्वप्रसिद्ध कम्पनीहरुका सिईओहरु प्रतिष्ठाको शिखरमा छन् र उनीहरुमध्य धेरैको वार्षिक तलब केवल १ डलर रहेको छ । तर उनीहरु आफ्नो रकम तलबका बाहेक बिभिन्न दैनिक भत्ता र अन्य स्वरुपमा उनीहरुले रकम लिने गर्दछन् । अमेरिकन वेबसाइट मोट्ले फुलका अनुसार अरबौं डलरको सम्पती मुल्याकंन भएका यि सिईओहरु कम्पनीमा आफ्नो उत्पादकत्वका आधारमा मात्र पैसा लिने गर्दछन् ।

स्नाप च्याटका मालिक र सिईओ ईभान स्पेगलले सन् २०१७ मा केवल एक डलरको पे चेक लिएका थिए र त्यसपछि कम्पनीको आईपीओ निकालिएको थियो । त्यसैवर्ष यिनले ५ लाख डलर को पे चेक र १ मिलियन डलरको बोनस लिएका थिए ।

एलन मस्क बिश्वभरि चर्चित छन् । टेस्ला कम्पनीका मालिक यिनले पनि वार्षिक १ डलर मात्र लिने बताएका छन् । हुन त क्यालीफर्निया राज्यको नियम अनुसार त्यस रकम कम भुक्तानी र श्रम शोषणमा पर्दछ तथापि यस विषयमा एलन मस्कको कुरा किन नियम भित्र आएन त भन्ने प्रश्न उठिरहेको छ । सन् २०१८ मा कम्पनीबाट केवल ३७ हजार डलरको पे चेक लिएका यिनले त्यस चेक भनें साटेका छैनन । अक्टोबरमा यिनले २ दशमलव ३ बिलियन डलरको कम्पनीबाट कम्पनशेसन चेक लिए ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि कम तलब लिने श्रेणीमा पर्दछ । राष्ट्रपती हुनु अगावै अरबपती भएका यि राष्ट्रपतीले चुनावी प्रचारकै क्रममा आफू निर्वाचित भएमा १ डलरभन्दा धेरै तलब नलिने बताएका थिए ।

उता ट्वीटरका सिईओ ज्याक डोर्से पनि तलब निकै कम लिन्छन् । उनी ट्वीटरको शेयर र स्टकबाट आफ्नो पैसो निकाल्छन् । ५ दशमलव ५ मिलियन डलरका मालिक यिनी मासिक केवल २ दशमलव ७५ डलरमात्र लिन्छन् ।
फेसबुकका मालिक जुकवर्गले पनि सन् २०१३ मा केवल एक डलरको पेचेक लिएका थिए ।
होलफुड कम्पनीमा मालिक जोन म्याकेले सन् २००७ बाटै कम्पनीसंग वार्षिक १ डलरमात्र लिएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन