भारतीय निर्वाचन आयोग द्वारा नरेन्द्र मोदीको बायोपीक प्रदर्शनमा रोक


चुनावी दौरमा गत पल्टको चुनावमा पनि भाजपा सामाजिक सञ्जालको प्रयोग अनि भिडियो र एनीमेशनका साम्रागीको उत्पादन र नागरीक पत्रकारिताको ध्ययमा निकै अगाडि थियो । शायद ट्वीटर, फेसबुक, यूट्यूब लगायतका प्रविधीगत थलो प्रयोगबाट कतैकहिँ बिश्वको राजनैतिक परिपेक्ष्यमा कसैले मुद्धा र मुद्धाको जनभावना जागृत गरेको छ भनें भाजपाको नाम पनि अग्रपंक्तिमा आँउदछ ।
नरेन्द्र मोदीको पनि सामाजिक सञ्जालका एउटा सिद्धहस्त प्रयोगकर्ता हुन अनि यसपाला चियावाला देखि प्रधानमन्त्रीसम्मको आफ्नो यात्रालाई मोदीले बायोपीक चलचित्रमा उतारेका छन् । चुनावी सरगर्मीमा मोदीको यो बायोपीक चलचित्रले उन्को संघर्ष, पार्टीको सदाचार लगायत अन्य बिभिन्न एतिहासिक कालखण्ड र घटनाक्रमको आयाम बोकेको बताइन्छ । भारतीय चुनावमा पार्टी भन्दा पनि प्रधानमन्त्रीको फेस मुल्य धेरै रहेको निर्वाचन जानीफकारहरु बताँउदछन, यसक्रममा भाजपाका प्रधानमन्त्रीका अनुहार अनि वर्तमान प्रधानमन्त्री मोदीको यस बायोपीकको प्रशंसा र आलोचना दुबै उतिकै भएको पाइन्छ ।

यो पनि पढ्नुहोस् 

यसैक्रममा भारतको निर्वाचन आयोगले मोदीको यस बायोपीकलाई चुनाव अगावै रिलिजमा प्रतिबन्ध लगाएको खबर छ । यस बायोपीक ११ अप्रिल अर्थात भोली रिलिज हुने तरखरमा थियो तर एकदिन अगावै यसमा निर्वाचन आयोगले प्रतिबन्ध लगाएको छ । लोकसभाको प्रथम फेजको चुनाव पनि भोलीबाटै शुरु हुँदैछ, चुनावी तठस्तताको कुरालाई ध्यानमा राखि ईलेक्ट्रोनीक मिडियाको संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय लिइएको निर्वाचन आयोगको भनाई छ । उक्त चलचित्रलाई चलचित्र सर्टिफिकेशन बोर्डले यूनिभर्सल सर्टिफिकेट अर्थात सबै उमेर समुहले हेर्न मिल्ने भनि जारी गरिदिएको केहि घण्टामै यस बायोपीकलाई रिलिज प्रतिबन्ध लगाइएको हो । ओमुगं कुमारको निर्देशनमा रहेको यस बायोपीकको प्रतिपक्षले कडा आलोचना पनि गरेका छन्, मोदीलाई केन्द्रमा राखेर बनाइएको यस बायोपीकले मतदाताको स्वविवेकमा खलल पूर्याउने सम्म आरोप छ ।
भारतको चुनावी सरगर्मीमा मोदीको बायोपीक रिलिजको प्रतिबन्ध अहिले निकै चर्चामा छ । बिवेक आवरोईले यस चलचित्रमा मोदीको भूमिका निर्वाह गरेका छन् ।


Loading comments...