तेजेन्द्र गन्धर्व र पशुपति शर्माको गीत आउने


मंसिर २, काठमाण्डौ । ब्लाइन्ड राउण्ड, व्याटल राउण्ड हुँदै लाइभ राउण्डमा आइपुग्दा द भ्वाइस अफ नेपाल नेपाली सङ्गीत रियालिटि शोले नयाँ आयम थप्न सफल भएकोछ । चारजना सुर, ताल अनि शब्दका विज्ञ कोचहरुको साथले प्रतिस्पर्धीहरुमा नयाँ जोस निखारीएक प्रतिभा तथा उत्साह थप्ने काम गरेको छ । यस साताको शनिबारको लाइभ राउण्डमा टिम प्रमोद तथा टिम सनुपबाट तिन तिन जना ट्यालेन्टहरुले आफनो प्रस्तुति समर्पण गरे ।

लोक दोहोरीका चर्चित गायक पशुपति शर्मा विशेष अतिथिको रुपमा यस कार्यक्रममा देखिए, “मलाई जापन पनि यहि मलाई बेलायत नि यहि” का गायक पशुपति शर्मा रक तथा पप पस्किएका सहभागीको अावाजको खुलेर तारिफ गरे ।

अघिल्लो शृंखलामा टिम प्रमोद र टिम अभायाबाट भोटिङ्गमा पठाइएका तेजेन्द्र गन्धर्व, सुरेखा क्षेत्री, स्रेया राई तथा रित राना मगर मध्ये भोटिङ्गको आधारमा टिम प्रमोदमा सुरेखा र टिम आभायाबाट सेर्या राई सुरक्षित रहे भने तेजेन्द्र गन्धर्व तथा रित राना मगरको द भ्वाइसको यस लाइभ राउण्डबाट बाहिरिएका छन । “द भ्वाइसको मञ्ज छाडेपनि नेपाली साङ्गीतक मञ्चमा सधै क्रियाशिल भई रहने” कुरा यस रीयालिटि सोबाट बाहिरिंदै गर्दा तेजेन्द्र गन्धर्वले प्रस्तुत गरे । हामी सबैले जितेका छौं भन्दै रित राना बिदा भईन ।

कार्यक्रममै दौरानमा कार्यक्रममा अतिथि पशुपति शर्माले तेजेन्द्र गन्धर्वको खुलेर प्रशांसा गर्नुका साथै आगिम दिनमा मिलेर काम गर्न चाहेको कुरा पनि व्यक्त गरे । कार्यक्रमको सुरुवाती सङ्गीतिक कोशोलीका साथ आशिष गुबाजु दिपक बज्राचार्य को अहिलेको मोष्ट ट्रेण्डिङ गीत ‘कल्ले देला धन मलाई कल्ले देला मन’ प्रस्तुत गरे । चन्द्र, सुर्य अंकित पोसाकमा गीत गाइरहँदा दर्शकहरु मन मगन भए साथै तालिको गुञ्जन निकै समयसम्म सुनियो ।

दोस्रो प्रस्तुतिका रुपमा टिम सनुपबाट नेपाली साङ्गीतिक क्षेत्रका सदाबहार हस्ती योगेश्वर अमात्यको ‘लैजा चरी मेरो खबर’ बोलको गीतलाई आफनो स्वरको मिठासले सम्पुर्ण कोच तथा दर्शकको मन जित्न शैलु आर एल सिंह सफल रहिन् । द भ्वाइस अफ नेपालको मञ्चमा रक स्टार बन्ने सपना बोकेर आएका सिर्जय थपलियाको प्रस्तुति निकै बेजोड रह्यो The Unity र सुरीला गायक क्रान्ति अाले, DJ राजुको सदाबहार हिपहप ‘सि ईज द बम’ को प्रस्तुतिदे मञ्चलाई एउटा बेग्लै फ्लेभर पस्कियो । सङ्गीत तथा अभिनयमा समेत पोख्त सन्तोष रानाले एज ब्यान्डको ‘कसैलाई पनि म’ भन्ने गीत प्रस्तुत गरे ।

नेपाली सङ्गीतको अमर तारा सदाबाहार गायीका तारा देवी कोइरालाको कालजयी गीत ‘उकाली ओराली’लाई तरिकाले सुरज तामाङ्गले लोभलाग्दो पाराले प्रस्तुत गरे, यो प्रस्तुति पश्चात् अतिथि पशुपति शर्माले आफु यिनै स्वर अनि भाका सुनेर हुर्किएको अनुभव सुनाउनु भयो भने कोच प्रमोद यो प्रस्तुतिबाट निकै खुसि देखिए ।

सिलिगुडिमा बस्ने नेपाली भाषि, संस्कृति तथा संगितलाई माया गर्ने सनिध्या थापाले मुक्ती एण्ड रिभाइन्डको ‘के भो यहाँ कोही बुझाई देउन’ भन्दै आफनो परिपक्वतापूर्ण प्रस्तुति दिएरगईन् ।

यस श्रृंखलामा टिम प्रमोदको तर्फबाट आशिष गुबाजु र टिम सनुपबाट सन्तोष राना मगर सेफ जोनमा परेका छन भन्य अन्य प्रतिस्पर्धीको यो यात्रा भोटिङ्गमा निर्भर रहेको छ ।


Loading comments...