दशरथको देहान्त र रामको वियोग : रामायण कथा


रामायणका हरेक अध्यायहरु पल्टँदै जाँदा वाल्मीकिले जीवन अनि मानवता लगायत समग्र मानविय उपस्थितीका बिभिन्न अवयवहरु प्रस्तुत गर्दै जान्छन् । ति कुराहरु जो बाँच्नु भन्दा लाखौं गुणा धेरै छन्, धर्म अनि समानता र मनको बैचेनपना र तिनका निदान र भगवानतत्वको पूर्नजागरण सबै कुराहरु रामायणमा क्रमश प्रस्तुत हुँदै जान्छन् ।

राजा, रैती, ज्ञानी र अज्ञानी सबै वर्ग अनि जातका मान्छेहरुको व्यथा र ब्यग्रता रामायणका दृष्टान्तहरुमा छन् । संसारा चक्रमा हुने कुरा अनि कथनहरु सबै रामायणमा लुकेका छन्, बुझ्ने र आत्मसाथ गर्ने चक्षुहरुको आवश्यक्ता देखिन्छ । रामायणमा सबैभन्दा दु :खी अनि पश्चातापमा परेका पात्र नै दशरथ मानिन्छन्, यि प्रतापी राजाले आफ्ना प्राणप्यारा छोरालाई केहि वर्षअघि गरेको प्रतिज्ञा विपरित जगंलवास जाने आदेश दिन्छन् । यिनले रामलाई राजा बनाउने बाचा गरेका भएतापनि बिभिन्न बन्धन अनि परिवेशमा यसो हुन सक्दैन, बाँकीको
जीवन दशरथको पश्चाताप मै बित्दछ ।

सुमन्तराले चलाएको रथमा राम बसेर जगंलतर्फ जसैजसै रथ जान्छ तसैतसै दशरथको मनमा जीवनको सर्वाधिक ठूलो पश्चाताप र ब्याकुलता उत्पन्न हुँदै जान्छ । राम बसेको रथले उडाएको धुलोले मडारिएको आकाशमा दौडिएको दशरथको मनको ब्याकुलता रामायणमा जति वर्णन गरे पनि अधुरो छ । दशरथले त्यसपछि छोरा रामलाई राम्रोसंग देख्न पनि पाएनन अनि रामको वनवासको पश्चातापमा सदैव बिरक्तीएर रहे । लक्ष्मण आफ्ना दाजु भाउजुसंग वनवास तिर नै लागे अभनें लाखौं को सख्याँमा अयोध्यावासी रघुनन्दन रामको बिदाईका लागि रथ पछिपछि लागे । तमासा खोला किनारबाट रातीको समयमा प्यारा प्रजालाई थाहा नदिई राम वनवास लागे, त्यस दु :खद क्षणमा एउटा पीता र वचनबद्ध राजाका हिसाबमा दशरथको व्याकुलता र पश्चाताम सभंवत मानविय इतिहासमै सर्वाधिक ब्याकुलताको दृष्टान्त हो ।

दशरथले एकजमानामा शिकार खेल्न जाँदा मातापिताका परमभक्त श्रवण कुमारको झुक्किएर हत्या गरेका हुन्छन् । पुत्र वियोगमा छटपटाएका श्रवण कुमारका मातापीताले दशरथलाई पनि आफ्नो सन्तानको वियोगमा मृत्युवरण गर्न परोस भन्ने श्राप दिएका हुन्छन्, दशरथ त्यसै श्राप अनुरुप रामको वियोगमा छटपटाएर मर्दछन् ।
यो सबै कुरा दशरथले कौश्ल्यालाई भनेंको वाल्मीकि रामायणमा उल्लेख छ ।


Loading comments...