Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

भारतको १७ औं विधानसभा चुनावको पूर्वसन्ध्यामा बिहारका जनजाती तथा दलितका लागि लालूले जेलबाटै लेखे रणनीतिक सन्देश

२८ चैत्र २०७५, बिहीबार ००:२७

लोकप्रिय

आफ्नो बढ्दो स्वास्थ्य समस्यालाई कारण देखाउँदै धरौटीमा रिहाई गर्न भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालू यादवले दायर गरेको याचिकालाई अदालतले आज खारेज गरेपछि उनले जनजाती दलितलाई उद्घोष सहितको एउटा रणनीतिगत पत्र आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेका छन् ।

सन् १९९६ मा सार्वजनिक भएको ९०० करोडको चर्चित ‘पशु दाना घोटाला’ प्रकरणमा मुछिदैं आएका लालू यादवलाई सन् २०१३ मा दोषी ठहर्याईंदै उनलाई अदालतले ५ वर्षको लागि कैदको सजाय सुनाएको थियो । आज ११ अप्रिल २०१९ बाट प्रारम्भ हुन गइरहेको भारतको १७ औं लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा लालूप्रसाद यादवले आफू कैदको अवस्थामा रहेको अस्पतालभित्रको तस्बिर सहित राजदको लेटरहेडमा हस्ताक्षर सहितको टाईप गरिएको पत्र ट्वीटरबाट प्रेसित गरेका छन् । साथै ट्विट सन्देश समेत पोष्ट गर्दै लेखेका छन्, ” ४४ वर्षको बिचमा पहिलो चुनाव हो जसमा म तपाईंहरुको बिचमा उपस्थित छैन । चुनावी उत्सवमा तपाईंहरुको दर्शन हुन नसकेको कुराको पश्चाताप छ । तपाईंको कमी महशुस गरीरहेको छु यसैले जेलबाटै तपाईं सबैको नाममा पत्र लेखेको छु । आशा छ तपाईंले यो पत्र पढ्नुहुनेछ र लोकतन्त्र तथा संविधानलाई बचाउनुहुनेछ ।” लालूप्रसाद यादवद्वारा प्रेसित पत्रको सुयोग ढकालद्वारा अक्षरस नेपाली अनुवादः

मेरा प्यारा बिहारवासीहरु,

 तपाई सबैलाई नमस्कार प्रणाम, नमस्कार, सलाम

यो समय जब बिहार एउटा नयाँ गाथा लिख्न गईरहेको छ, लोकतन्त्रको उत्सव चलिरहेको छ । यहाँ म भने राँचीको अस्पतालमा एक्लै बसेर सोंचीरहेको छु की के बिध्वंसकारी शक्तिले मलाई यसरी कैद गरेर बिहारमा फेरी कुनै षड्यन्त्रको पठकथा लेख्न सफल हुन सक्ला? म बाँचुञ्जेल मेरा बिहारवासीहरुका साथ म फेरी कुनै धोका हुन दिन्न । म कैदमा छु, मेरो बिचार हैन । आफ्नो बिचारहरु तपाईंसंग साझा गर्दैछु किनकी एकअर्काको बिचारलाई साझा गरेर नै हामीलाई बिभाजन गर्नसक्ने शक्तिहरुसंग लडाई गर्नसक्छौं ।



यो सरकार नौटंकी सरकार हो । कहिले देश खतराम, कहिले हिन्दु खतरामा, कहिले अर्थव्यवस्था खतरामा भन्ने बहानामा तपाईंहरुलाई गुलाम बनाएर राख्न चाहन्छन् । तपाईं दलित बहुजनहरुलाई भन्ने गरीन्छ की, “केही सोंच्ने बुझ्ने काम नगर केवल गुलाम झै मेरो आदेशको पालना गर । तपाईंले के खाने के लगाउने, यो साथी हो यो दुश्मन हो” जस्ता सबै कुरा यि साहेबले तय गर्नेछन् । लालू रहुञ्जेल कुनै जालसाजले यता हेर्ने हिम्मत गर्थेनन । तर यो सरकार “मुखमा राम राम, बगलीमा छुरा” राख्ने सरकार हो ।

राँचीको अस्पतालमा अहिले साँझ एक्लै बसेर तपाईंहरुसंग कुराकानी गर्न मन लाग्यो । तपाईंहरुलाई थाहै छ की लोकसभा चुनावको बिगुल फुकीसकेको छ । देशमा धेरै पटक चुनाव भईसकेको छ तर यस पटकको चुनाव पहिला जस्तो हैन । यस पल्टको चुनावमा सबै कुरा दाउमा लागेको छ । देश, समाज, लालू अर्थात् तपाईंले बराबरीले शिर ठाडो गरी हिंड्न जोश दिने कुरो तथा तपाईको हक, तपाईंको इज्जत तथा गरिमा सबै कुरा दाउमा लागेको छ । लडाई आरपारको हो । मेरो घाँटीमा सरकार तथा चालबाजहरुको फन्दा कस्सीएको छ । उमेरसंगै अहिले शरिरले साथ दिएको छैन तर आन तथा अस्तित्वको लडाईमा लालूको उद्घोष सदैव रहनेछ । यो ललकार मेरा सिपाहीहरुको भरमा हो । जो हारमा जीत तथा हर हालतमा मैदानमा डटीरहने खालका छन्, पिठ्यू देखाएर भाग्नेखालका छैनन । जसरी गान्धी जीको उद्घोषमा “ए अंग्रेजहरु हो भारत छाड” भनेपछि ‘गर या मर’को नारा दिनुभएको थियो । त्यसरी नै यो लडाई देश तोड्ने मान्छेहरुका विरुद्ध हो, संविधानमा दिईएको हकको सुरक्षाको लडाई हो । आरक्षण तथा संविधान विरोधी नरेन्द्र मोदीलाई धपाउने लडाईमा ‘गर या मर’ भन्ने जोशको आवश्यक्ता छ । हरेक मान्छेलाई लालू यादव बन्नुपर्नेछ, उसकै अनुसार डट्नुपर्नेछ, लालू यादव झै लडाई गर्नुपर्नेछ । सामुन्ने जतिसुकै समस्या होस्, डर अथवा धम्की होस् या खतरा होस् डटेर लड्नुपर्नेछ तथा गरीब-दुःखीको मान-प्रतिष्ठा बचाउनैपर्छ ।



तपाईंहरुले पत्रपत्रिका तथा टेलीभिजन आदिका माध्यमबाट जानकारी लिंदैहुनुहुन्छ की कसरी मोदीको सरकारले तपाईंको आरक्षणलाई समाप्त गर्ने कोशिस गरेका छन् । कुन किसिमले हाम्रा रोहित वेमुला जस्ता दलितका छोरालाई प्रताडित गरेर आत्महत्या गर्न बाध्य पारीदिए, कसरी दलित उत्पीडनलाई प्रोत्साहन दिईएको छ । कुन किसिमले दलितहरु तथा अनुसूचित जातमाथी उत्पीडनको कानूनलाई कमजोर बनाउने प्रयास गरियो । तपाईं दलित-बहुजन साथी यदी पूर्ण गोलबन्दभई सडकबाट हल्ला नमच्चाउनुभएको भए तपाईं दलित-बहुजनको आरक्षण तथा तपाईंका अधिकारहरुलाई मोदीको सरकारले समाप्त गर्ने तयारी भईसकेको थियो । म रोगी तथा चिन्तित भएर पनि निरन्तर यस विषयमा आँखा ओछ्याई बसेको छु । तपाईंलाई केवल एउटा कुरा याद राख्नुछ की तपाईं ‘गुरु गोलवलकर’को चेलाहरु दलित-बहुजनलाई निमिट्यान पार्ने हर सम्भव प्रयास उनरुले गर्नेछन् । जागा रहनु छ तथा ‘बाबा साहब’ तथा ‘महात्मा फुले’को अलख (ताकत) जगाउदै यिनीहरुलाई दिल्लीबाट धपाउनु छ ।

यो सरकार नौटंकी सरकार हो । कहिले देश खतराम, कहिले हिन्दु खतरामा, कहिले अर्थव्यवस्था खतरामा भन्ने बहानामा तपाईंहरुलाई गुलाम बनाएर राख्न चाहन्छन् । तपाईं दलित बहुजनहरुलाई भन्ने गरीन्छ की, “केही सोंच्ने बुझ्ने काम नगर केवल गुलाम झै मेरो आदेशको पालना गर । तपाईंले के खाने के लगाउने, यो साथी हो यो दुश्मन हो” जस्ता सबै कुरा यि साहेबले तय गर्नेछन् । लालू रहुञ्जेल कुनै जालसाजले यता हेर्ने हिम्मत गर्थेनन । तर यो सरकार “मुखमा राम राम, बगलीमा छुरा” राख्ने सरकार हो । मायावी राक्षस झै आपसमा लडाई गर्ने सरकार हो । के गर्छन खै कुन्नी दाजूभाई झै काँधमा काँध मिलाएर साथ दिने मान्छे तपाईंको रगत चुस्न तयार भईदिन्छ । मलाई पनि आफ्नो मायाजालमा बेरेर तोड्ने भरमग्दूर कोशिस गरे यिनीहरुले, जालो थापेर पनि नियन्त्रण गर्न नसकेपछि पछाडिबाट कुनै शिखंडीको काँधमा बन्दूक राखेर हमला माथी हमला, पटक पटक जेलमा राखेर हिम्मत तोड्ने कोशिस गरे । अनेक खाले रोग तथा कानूनको फन्दा थापेर पनि न लालूको हिम्मत तोड्न सकिरहेका छैनन न उसको सिपाहीहरुको हौसला । यदी मेरो पूरा परिवार तथा समस्त राष्ट्रिय जनता दल तै पनि मैदानमा डटेर लागेका छन भने तपाईं दलित-बहुजन साथिहरुको ताकत नै यसको सबै भन्दा ठूलो कारण हो ।

देश-समाजको मान मर्यादा तथा एकताका लागि ज्ञानी गुरु गोविन्दको सन्तान झै पर्खालमैं थिचेर बन्द गरिदिउन तर यो युद्ध जारी रहनेछ । देशको संविधानको कुरा त हाम्रा मान्छेहरुले तपाईंहरुलाई जानकारी त दिईनैरहेका छन् तर त्यो भन्दा आवश्यक कुरा के हो भने यदि यि दलित-बहुजन विरोधी मानिसहरु यताउती गरी फेरी सत्तामा आए भने यो देशमा तपाईंको हैसियत कस्तो रहला? यिनीहरुले तपाईंको उठबसदेखि लिएर तपाईंको पहिचानलाई फेरी तीस पैंतिस वर्ष पुरानो स्थितीमा तपाईंलाई धकेल्ने कोशिस गर्नेछन् । तपाईंको मान-मर्यादाको साथ रहेर बिना डर तपाईंले आफ्नो कुरा राख्ने तरिका यिनीहरुलाई फुटेको आँखाले पनि सुहाउँदैन । किनकी तपाईंहरुले कुटो, कोदालो, खन्ति छाडेर कलम समाउन शुरु गर्नुभो, र यो कुरा यिनीहरुलाई पचिरहेको छैन । यिनीहरुले फेरी तपाईंलाई घरपालुवा जनावरहरु चराउन तथा शिर झुकाउँदै “ह्वस् मालिक”भन्ने बंधुवा मजदूरको रुपमा हेर्न चाहन्छन् । तपाईं पटना तथा दिल्लीको सत्तासंग अन्य देशको संसाधनहरुमा जनसंख्याको आधारमा आफ्नो भाग माग्नुहुन्छ र यो कुराले यिनीहरुलाई चिन्तित पारीरहन्छ ।

यसैले यस पटकको चुनावमा सरकार तथा गद्दार दुवैलाई चिन्नु छ । यदि चुकियो भने त सदाका लागि चुक्नुहुनेछ । हाम्रा गरीब दुःखी जनताहरु जो मण्डलजी, कुशवाहाजी, यादवजी, बिन्दजी, सहनीजी, माझीजी या रामजी भन्न थालिएका थिए उनीहरु फेरी अशोभनीय जाति-सूचक जस्ता नामले बोलाउन थालिने छ । यसपटक दुश्मन तपाईंको ताकतलाई तौलिएर बसेको छ । कहिले बिना दस्तावेज तथा सर्वेक्षणका तथ्यांकलाई आरक्षण दिएर त कहिले रोस्टर सिस्टमलाई परिवर्तन गरेर त कहिले अनुसूचित जाति-जनजातिमाथि उत्पीडनको कानूनलाई कमजोर बनाएर । कोही बाजी भजाईंरहेका छन् त कोही रामजीलाई भजाईंरहेका छन् । तर याद राख्नु मेरा साथीहरु! तपाईंको छोरा लालूको हौसला अत्यधिक बलियो छ र उ भन्दा पनि बलियो छ उसको सिपाहीहरु जो कहिल्यै टुट्ने छैनन र कहिले फुट्नेवाला छैनन । लोभको, धर्मको धम्किको सबै चोट फेल हुनेछ । यो मायावी सरकार तपाईंलाई एउटा कुरो देखाउँछ र अर्कैथोक गर्छ । भन्छन् की देश खतराको अवस्थामा भएकोले हतियार खरिद भईरहेको छ र तपाईंको खल्तिबाट पैसा निकालेर आफ्ना दोस्त यारलाई सुम्पिदैं भन्छन् की, “आरामले विदेश निस्किनु र मोज गर्नु, हामी आएपछि हामीलाई पनि मस्ति गराउनु” । यो समय साथी तथा दुश्मन दुवैलाई चिन्ने समय हो । साथमा जुटेर तथा जोडिएर लड्ने समय हो ।

राजद (राष्ट्रिय जनता दल)को सिपाहिहरु तथा दिलत-बहुजन साथीहरु! गठबन्धनमा धेरै दलहरु छन् यसैले सीटको बाँडफाँडमा सबैको ध्यान राख्नुपरेको छ । हाम्रा कैंयन नेता तथा कार्यकर्ता जसले चुनावी टिकट प्राप्त गर्न सकेनन वहाँहरुसंग अपील गर्दछु की सबै मिलेर सबैकुरो बिर्षिएर दलित-बहुजन समाजको आरक्षण तथा संविधान बचाउनुस् । देशलाई खेत भन्ठान्नुस् तथा बुझ्नुहोस की यदि आफ्नो समाजले खेत बचाउन सक्नेछन भने उत्पादन अवश्य लाग्नेछ र त्यसमा सबै दलित-बहुजनहरु बरोबरीको भागीदारी हुनेछन् । कुराहरु धेरै भन्न मन छ, अहिलेलाई राख्छु तर फेरी लेख्छु ।

केवल एक पटक हात जोडेर आफ्ना दलित-बहुजन साथीहरुसंग आग्रह गर्छु की एकता बनाईराख्नुहोस्, संघर्ष गर्नुहोस्, दिल्लीको कुर्सीमा अहिलेसम्म वञ्चित समाजका मानिसहरुको कब्जा आवश्यक छ ।
प्रणाम!



तपाईंको आफ्नो

लालू प्रसाद

पत्र यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा