Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

ड्रोन डेलीभरी सेवाको गुगलद्धारा शुरुवात

२८ चैत्र २०७५, बिहीबार ११:४८

गुगलले ड्रोन मार्फत सामान डेलीभरी गर्ने सेवा शुरुवात गरेको छ । अष्ट्रेलीयाको राजधानी क्यानबेराबाट पहिलोपटक ड्रोन बाट सामान ढुवानी सेवा शुरु गरेको छ । अष्ट्रेलीयाको सिभिल एभिएशन अथोरिटी सेफ्टी प्रोटोकोल बाट उडान अनुमती पाएपछि यो ड्रोन डेलीभरि शुरु भएको हो । अब सामान आकाशबाटै उडाएर चाहिएको ठाँउमा चालक र मानव नभएको विमान मार्फत डेलीभरि शुरु गरिनेछ । गुगलको अभिभावक कम्पनी अल्फावेटाले यो सेवालाई विगं नाम दिएको छ, चक्काबाट पखांसम्मको ढुवानी रुपान्तरणलाई विगं भनि सम्वोधन गरिएको छ । अब सामान डेलीभरिकालागि जमिन हैन आकाशमा हेर्नु पर्ने हुन्छ, सुन्दा अचम्म लाग्न सक्छ हैन त ?
लगभग आधा बिलियन अष्ट्रेलीयन डलरको ब्यापार अपेक्षा गरिएको यस सेवाले विश्वभरि लोकप्रीयता पाउने लगभग निश्चित छ तथापि उड्ययन अनुमती र सुरक्षा संयन्त्रको प्रावधानमा देशको नियम अनुसार यस ढुवानी पद्धतीको प्रयोगमा फरक पर्न सक्दछ ।
नेपाल जस्तो भौगोलिक कठिनाई भएको देशमा यसप्रकारको सुविधा अझै प्रभावकारी हुने देखिन्छ । अब हेरौं आँउदा दिनमा यस ड्रोन डेलीभरिले कस्तो स्वरुप लिने हो ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म