Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

१ करोड २५ लाखको नायब सुब्बाको गाडी, अरबौंको सम्पत्ति अब सुब्बा साहेब फरार

२८ चैत्र २०७५, बिहीबार १६:४७

लोकप्रिय

सिमरा, बारा, चैत्र २८ ।  लाईभमाण्डूलाई सिमरा मालपोतका तात्कालिन कार्यालय प्रमुख मदन गुप्ताको अनियमितताका चाङसहितका प्राप्त केही प्रमाणहरु यहाँ प्रस्तुत गर्दैछौं ।

बारा जिल्लाको सिमरा मालपोतका तात्कालिन कार्यालय प्रमुख मदन गुप्ताले व्यापक अनियमितता गरी अरबौंको अकूत सम्पत्ति जोडेको भेटिएको छ । रौतहट स्थायी घर भएका मदन गुप्ताले झण्डै ८ वर्ष वीरगञ्ज मालपोतमा काम गरेपछि नायब सुब्बा पदमा सिमरा मालपोतमा पुगेका थिए । अख्तियारले छापा हान्ने सूचना पाएपछि यही २०७५, फागुन २८ गतेदेखि नै फरार रहेका गुप्ता भारतको बिहारस्थित सितामढीस्थित उनको ससुरालीमा लुकेर बसेको स्रोतले दाबी गरेको छ ।

सिमरा मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र जग्गा दलालसंगको मिलोमतोमा गुप्ताले राज्यले प्राप्त गर्ने करोडौं रकम भ्रष्टाचार भईरहेको र मालपोत कार्यालय सिमरामा किर्ते कागजात बनाई जग्गा किनबेच भईरहेकोबारे व्यापक गुनासो आएछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली बारा र पर्साका लागि खटिएको थियो । अख्तियारको टोलीले फागुन ३० गते सिमरा र लगत्तै पर्सास्थित वीरगञ्ज मालपोत कार्यालयमा छापामारी कार्यलयका सम्पूर्ण महत्वपूर्ण कागजातहरु आफ्नो नियन्त्रणमा लिएको थियो ।

लाईभमाण्डूलाई प्राप्त प्रमाणहरुमा गुप्ताले एउटै संकेत नम्बर राखी सेवाग्राहीलाई फरक-फरक मालपोत रसिद दिएका छन् । मालपोत कार्यालय पर्सा, वीरगञ्जमा रहँदा निजले जग्गा राजीनामा र बकसपत्र गरिएका छुट्टाछुट्टै रसिदमा एउटै संकेत नम्बर राखी राज्यले प्राप्त गर्नुपर्ने अरबौं रकम बराबरको राजस्व कुम्ल्याउन सफल भएका हुन् ।

फरक-फरक सेवाग्राहीहरुलाई दिइएको एउटै नम्बरको भुक्तानी रसिद तथा जग्गा रजिष्ट्रेशन तथा लालपूर्जाको प्रतिलिपीः



मालपोतकै कर्मचारीको मिलेमतोमा किर्ते कागजातमा कारोबारको जगजगी भएपछि जिल्ला प्रशासन कार्यालय बाराले नै अख्तियारको ढोका ढकढकाएको थियो । जिल्ला प्रशासन कार्यालय बाराले फागुन २२ गते हेटौंडास्थित आयोगको कार्यालयलाई पत्र लेखेपछि अख्तियारको टोली एक्सनमा आएको थियो ।

स्रोतका अनुसार गुप्ताले भूमाफियासँग मिली भ्रष्टाचार गर्न किर्ते नागरिकता समेत बनाउने गरेको समेत हुनसक्छ । उपसचिवको दरबन्दी रहने सिमरा मालपोत कार्यालयमा नियम बिपरित नायब सुब्बा पदका गुप्ताले राजनीतिक पहुँचका आधारमा कार्यालय प्रमुखको पद सम्हाल्दै आएका थिए ।

मालपोतमा काम गर्ने नायब सुब्बासरहको कर्मचारी रहेका गुप्ताले १ अर्ब ५० करोड रुपैयाँ बराबरको सम्पति जोडेको स्रोत बताउँछ । नायब सुब्बाको जागिरे गुप्ताले करिब १ करोड २५ लाख रुपैयाँ पर्ने बा ११ च ९६६० नम्बरको Ford Endeavor गाडी चढ्ने गरेका थिए । भू-माफियाहरुको समूह बनाई विभिन्न जग्गा खरिद तथा किर्ते गर्ने गरेका निज गुप्ताले जगत नारायण प्रसाद यादवको नाममा वीरगञ्ज महानगरपालिका-१६ मा १० करोड रुपैयाँभन्दा बढी मूल्यको १३ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

स्रोतका अनुसार गुप्ताले छोरा  र ज्वाँईको नाममा करोडौं अकूत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरुका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरु जोडेको, मातपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएका प्रमाणहरु भेटिएका छन् ।

निज जगत नारायण सहित मुकेश प्रसाद नाम गरेका र श्याम तिमल्सिनाले भ्रष्टाचार गरि गुप्ताले आर्जन गरेको अकुत धन बजारमा लगानी गर्ने गरेको प्रमाण समेत भेटिएको छ । मुकेश प्रसादले नै मदनको रकम लगानीका लागि सेटिङ मिलाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज