
यो हो राहुल गान्धिको ‘तेश्रो हात’को वास्तविकता
२८ चैत्र २०७५, बिहीबार २३:१३
लाईभमाण्डू, २८ चैत्र २०७५ । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीलाई एकजना वयोवृद्धा महिलाले अङ्गालेको एउटा फोटोले अहिले भारतीय मेडिया तथा सामाजिक सञ्जालहरुमा भाईरल भएको छ । यो भाईरल फोटोमाथी अहिले भारतीयहरुले प्रश्न गरीरहेका छन् की फोटोमा देखिएको तेश्रो हात कसको हो ?
भारतीय जनता पार्टीको दिल्ली इकाईका प्रवक्ता तेजिन्दर पाल सिंह बग्गाले राहुल गान्धीलाई लक्षित गर्दै ट्वीट गरेका छन्, “यो तेश्रो हात कसको हो? मैले हिजै तपाईलाई भनेको एकजना राम्रो जनसम्पर्क एजेन्सी (PR Agency) राख्नुहोस् ।
ये तीसरा हाथ किसका है @RahulGandhi जी । i told u yesterday na, Hire Good PR Agency pic.twitter.com/0QWpOrTUMj
— Chowkidar Tajinder Pal Singh Bagga (@TajinderBagga) April 8, 2019
” सामाजिक सञ्जालमा भाईरल भईरहेको यो फोटोलाई वास्तवमा भारतीय काँग्रेस पार्टीको “न्यूनतम आय ग्यारेन्टी योजना” बारे विज्ञापनमा प्रयोग गरिएको छ ।
अझ रमाईलो कुरो के भने हरेक कुरो तौलिएर, पत्ता लगाएर, भीडदेखि परबाट वास्तविकताको अध्ययन गर्ने पत्रकारहरुपनि विना कुनै खोजबिन यो घटनामा ट्वीट गरीरहेका छन् । ABP न्यूजका पत्रकार विकास भदौरियाले पनि ट्वीट गरे, “के तपाईं पहिलो फोटोमा राहुल गान्धीको तीन हात खोज्न सक्नुहुन्छ? यदी सक्नुहुन्न भने दोश्रो फोटो हेर्नुहोस्, यो तेश्रो हात कसको हो?”
Can you find out three hands of @RahulGandhi in 1st picture if not than plz see second one …ये तीसरा हाथ किसका है ? pic.twitter.com/OZyHS1ZXkW
— Vikas Bhadauria (ABP News) (@vikasbha) April 8, 2019
उनको ट्वीटमा चर्चित भारतीय टेली श्रृंखला “क्यूँ की सास भी कभी बहू थी”की कलाकार तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता र केन्द्रिय सरकारकी मन्त्री स्मृती इरानीले जवाफ लेखिन, “काँग्रेसको यो ‘छल-कपट वाला हात’ पार्टीको भ्रष्ट मानसिकतालाई चित्रण गर्छ ।
जब इशतहार में ही ‘ sleight of hand ‘ नज़र आए तो विचार करें CONgress की भ्रष्ट मानसिकता की जड़ें कितनी गहरी हैं ।
— Chowkidar Smriti Z Irani (@smritiirani) April 8, 2019
”
सामाजिक सञ्जालमा दुई दिन छाएर बसेको यो तस्बिरको वास्तविकता के हो त?
रिभर्स इमेज सर्चबाट प्रश्नको उत्तर भेटिएको छ । जस अनुसार यो तस्बिर सन् २०१५ को डिसेम्बरमा भारतीय काँग्रेस पार्टीले आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट राहुल गान्धीको दक्षिण भारतीय शहर तमेलनाडू तथा पुदूचेरीका बाढी प्रभावित क्षेत्रको भ्रमणदौरानका केही फोटो सार्वजनिक गरेको थियो ।
(सन् २०१५ मा पोष्टिएको भारतीय काँग्रेसको वास्तविक ट्वीट हेर्नुहोस्)
Snapshots from Rahul Gandhi’s visit to flood affected areas of Tamil Nadu & Puducherry, yesterday (2/4) pic.twitter.com/kA4Qq320D9
— Congress (@INCIndia) December 9, 2015
भारतीय काँग्रेस पार्टीको ट्वीटमा समावेश वास्तविक फोटोले पनि थाहा लाग्छ की अहिले भारतीयहरुबिच सामाजिक सञ्जालमा भाईरल भईरहेको फोटो वास्तवमा एउटा ठूलो फोटोको एउटा भागमात्र हो । जसमा अन्य कैंयन मानिसहरुलाई पनि हेर्न सकिन्छ ।
वास्तविक फोटो हेर्नुहोस्ः
विज्ञापनमा प्रयोग भएको फोटोमा वृद्ध महिला र राहुल गान्धीलाई भावनात्मक रुपमा प्रस्तुत गर्नका लागि फोटोमा रहेका अन्यलाई धमिलो गरिएको छ । तर फोटो सम्पादकले विज्ञापन छाप्नु अघि राम्ररी सम्पादन गरेनन र एकजना अर्कै नेताको औंला महिलाको साडीसंगै छुट्न पुग्यो ।
फोटो वास्तविक हो र अहिले भारतीय सामाजिक सञ्जाल तथा मेडियामा खुराक बनेको भाईरल तस्बिर एकाएक शान्त भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको