इज्रेलको अन्तरिक्षयान चन्द्रमामा दुर्घटना


इज्रेलले सन् २०१९ मा पहिलो निजी लगानीमा चन्द्रमाको सतहमा अवतरण गर्ने महत्वाकांक्षा राखेको थियो जुन सफल हुन सेकन । चन्द्रमाको सतहमा अवतरण हसन केहि समय अगावै उक्त यान टुक्राटुक्रा भएर खसेको रिपोर्ट छ । अवतरणको २० मिनट अगावै इन्जिन बन्द भएर उक्त यान चन्द्रमाको सतमा फ्रि फल गर्दै झरेको थियो । त्यसको केहि समयमा यानसंगको सम्पर्क टुटेको अनि केहि मिनटमा नै यस अवतरण र परियोजनालाई नै विफल घोषणा गरियो ।

इज्रेल एरोस्पेसका प्रवक्ता ओफर डोरोनले हामी चन्द्रमा सतहमा दुर्भाग्यवश खस्यौं भनि भनेंका छन्, अलजजिराले लेखेको छ ।
यस यानको नाम बेरेशिट थियो । हिब्रु भाषामा यस शब्दलाई भगवानतत्वसंग जोड्दै शुरुवात अर्थात पावन शुरुवात भन्ने अर्थ लाग्दछ । चन्द्रमा सतहमा जान अघि ७ हप्ता यस यानले पृथ्वीको चक्कर लगाएको थियो । इज्रेल प्रधानमन्त्री नेतेनयाहु पनि यस अवतरण प्रत्यक्ष हेर्दै थिए भन्ने खबर छ । नेतेनयाहुले यस पटक चन्द्रमाको सतहबाट थोरै माथि सम्मात्र पुगे पनि अर्को पटक सफल हुने बताएका छन् ।

लाइभमाण्डु


Loading comments...