हृदयको आँखाबाट ‘यात्रा’ हेर्नेहरु


सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा – द म्युजिकल भ्लग’ लाई कपन स्थित नेत्रहिन छात्रावासमा रहेका आँखाको ज्योति गुमाएकाहरुल हेरेका छन् । आँखाको ज्योति गुमाएकासँगै फरक क्षमता भएका ४० भन्दा बढीले राजधानीको चाबहिल स्थित गोपीकृष्ण हलमा पुगेर फिल्म हेरेका हुन् । उनीहरुले फिल्म हेर्ने थाहा पाएपछि फिल्मकी डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत र रेअर राई पनि हलमा पुगेर धन्यवाद दिए । कलाकारसंगै कार्यकारी निर्माता सर्जुमान लिगल, द्वन्द निर्देशक हिमाल केसी र निर्देशक सम्राट शाक्य पनि रहेका छन् ।

छात्रावासमा पुगेर केहि समय मालिकाले फिल्मको क्यारेक्टरको लागि प्रशिक्षण पनि लिएकी थिइन् । फिल्म हेर्न आएका अधिकांसले आफुलाई कथावस्तु मन परेको बताए । फिल्ममा मनोरंजनसंगै दिइएको सोसल म्यासेज र फरक क्षमता भएकाले पनि केहि गर्न सक्ने प्रेरणाले आफुहरुलाई खुसि बनाएको अधिकांसको भनाइ रहेको थियो । फिल्मले पाएको प्रतिक्रियाले कार्यकारी निर्माता सर्जुमान उत्साहित थिए । ‘फिल्मलाई हेरेर निस्किनु भएका दर्शकले राम्रो प्रतिक्रिया दिईरहनु भएको छ’ उनि भन्छन् ‘पहिलो दिनको ब्यापार सुखद नै छ तर हाम्रो ब्यापार वर्ड अफ माउथले झनै बढ्छ ।’ डेब्यु फिल्म मार्फत पाएको प्रतिक्रियाले निर्देशक शाक्य पनि उत्साहित छन् । ‘हामीले देखाएको कन्टेनलाई दर्शकले रिलेट गर्नु भएको छ’ उनि भन्छन् ‘आउने दिनमा हामी झनै आशावादी छौ ।’ हलमै दर्शकको प्रतिक्रिया लिन पुगेका द्वन्द निर्देशक हिमाल केसी पनि उत्साहित थिए ।

अधिकांशले फिल्मको एक्सनको तारिफ गरेका छन्, यसैले पनि उनि दंग थिए । ‘यसपटक हामीले एक्सनको ट्रेन्डलाई केहि फरक बनाउने कोसिस गरेका छौ’ हिमाल भन्छन् ‘फाइटका लागि गरिएको मेहनतलाई दर्शकले रुचाउदा साचै नै उत्साहित छु ।’ फिल्म गोपीकृष्णको गोपी, अष्टनारायणको क, गुणको क, बाराहीको क सहित ठुला हलमा प्रदर्शन भईरहेको छ । फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । फिल्ममा सलिनसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटाशंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

फिल्मको शिर्ष गीतमा दृष्टिविहिनको भूमिकामा रहेकी मालिकाको प्रस्तुति यस्तो छः


Loading comments...