Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

भारतीय शिखहरुले पाकिस्तानी भूमिमा मनाए बैशाखी

२ बैशाख २०७६, सोमबार १३:४७


सुन्दा अचम्म लाग्छ तर सत्य यहि हो । भारत पाकिस्तानको तनाव अनि सिमाबिवादका बिचमा यसवर्षको बैशाखी भारतीय शिखहरुले पाकिस्तानी भूभागको एउटा गुरुद्धारामा मनाएका छन् । पाकिस्तान शाषित हसनाव्दाल गाँउको उक्त धार्मीकस्थलमा भारतीय शिखहरुले बैशाखी मनाएका हुन् । पन्जाब र हरयाणका लगभग १८९० भारतीय शिख तिर्थालुहरु पाकिस्तानको हसनाव्दालमा पुगेका थिए, यो ठाँउ पाकिस्तानको राजधानी ईस्लामावादभन्दा ३५ किमी मात्र पर रहेको अलजजिराका लागि पाकिस्तानबाट असद हसिमले लेखेका छन् ।

गुरु ग्रन्थ साहिब बोकेर रंगीन लुगा लगाएर हजारौं तिर्थालुहरु गुरुद्धारा अगाडि प्रार्थनाका लागि भेला भएका थिए । उक्त धार्मीक ग्रन्थका हरेक पानाहरु ४८ घण्टामा पढियो र शुरुदेखि अन्तसम्म पढेपछि सबैजना मिलेर सामुहिक प्रार्थना पनि गरियो ।

१०औं शिख धर्मगुरु गुरु गोबिन्द सिंहको पालाबाट बैशाखीलाई शिख समुदायले अगल्गै तवरले मनाउने चलन शुरु भएको बताइन्छ । वगाह अटारी सिमाबाट भारतीय शिखहरु खाली गोडा हिँडेर त्यहाँ पुगेका बताइन्छ । समग्र तिर्थालुहरु अप्रिल महिनाको २१ तारिखमा अन्य केहि पाकिस्तानी भूभागका पवित्र तिर्थस्तल गएर मात्र फर्कने कार्यक्रम छ । यस तिर्थाटनलाई यस वर्षको शुभ संकेत अनि भारतपाक समबन्धमा नयाँ कोशेढुगांका रुपमा पनि ब्याख्या गरिएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै