
३ देशका ३ चेलीको यस वर्ष सगरमाथा आरोहण कथा
२ बैशाख २०७६, सोमबार १६:२५
नेपालको इतिहासमा प्रथमपटक नेपाल भारत र चीनका गरि ३ जना महिलाहरुले एकैसाथ सगरमाथाको आरोहण यसवर्ष गर्ने भएका छन् । बिश्वबन्धुत्व र शान्ति अनि सहृदयताको सन्देशका साथ यस क्षेत्रका महिलाहरुको सशक्तिकरणका लागि यस आरोहणले नयाँ सन्देश दिनेछ भन्ने बिश्वास राखिएको छ ।
विश्वप्रसिद्ध हिमाल आरोही पेम्बा दोर्जे शेर्पाले यस आरोहणदलको नेतृत्व गर्नेछन्, पेम्बाले यसअघि सगरमाथाको १८ पटक सफल आरोहण गरिसक्नुभएको छ । टुरिज्म वर्ष सन् २०११ का गुडविल एम्वेस्डर अनि ६ वटा बिभिन्न हिमाल आरोहणका विधामा गिनीज बुक विश्व रेकर्ड बिजेता पेम्बाको नेतृत्वमा यस वर्ष हिमाल आरोहण गर्न जाने ३ जना नेपाल भारत अनि चीनका चेलीलाई हार्दिक बधाई एवं शुभकामना ।
नेपाल भ्रमण वर्ष २०२० ले यस आरोहणको प्रायोजन गरेको छ र आरोहीहरुले सगरमाथा आरोहणमा जाँदा सम्माननिय प्रधानमन्त्रीले हस्ताक्षर सहित दिनुभएको नेपाल भ्रमण वर्ष २०२० को झण्डा साथै लिएर उकालो लाग्नेछन् । यस झण्डालाई सगरमाथा शिखरमा गाडिने र फहराईने छ । यस झण्डाको फरफराहट संगै बिश्वभरिका महिलाहरुलाई सगरमाथाको चूचुरोबाट सामथ्र्य र साहसको सन्देश जानेछ । सगरमाथाको शिखर अन्य धेरै महिलाहरु र उनीहरुको अदम्य साहसलाई उत्प्रेरित गर्न चाहन्छ । नेपाल भ्रमण वर्ष २०२० ले यस कार्यक्रमका साथ बिश्वभरिका महिलाहरुलाई नेपाली हिमाल अनि भूभागमा स्वागत गर्न चाहेको पनि जनाएको छ ।
नेपाली महिला आरोही कान्छी माया तामागं, भारतकी कल्पना दास र चीनकी लीयामु मा यस वर्ष सगरमाथा उकालिँदैछन् । कान्छी माया सगरमाथा आरोहण गर्ने प्रथम तामागं महिला पनि हुन् र सन् २०१७ बाट यूएन वुमनको गुडविल एम्बास्डर बनेंर कान्छीमायाले धेरै नेपाली महिलालाई लैगींक समानता र साहसको सन्देश दिइसकेकी छिन् । चकल्पना दास पनि एउटी सिद्धहस्त हिमाल आरोही हुन जस्ले विश्वभरिका थुप्रै हिमाल आरोहण गरिसकेकी छिन जस्मा ६ वटा बिश्वकै ठूला चुचुराहरु पनि पर्दछन् । उता चिनियाँ आरोही मा ले यस अघि सगरमाथा, मनास्लु, लोबुचे, मुस्तकता लगायत थुप्रै शिखरहरु चुमिसकेकी छिन् । यि ३ जना नारीहरुलाई यस वर्ष मौसम अनि हिँउले साथ दिउन् । हाम्रो शुभकामना ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै