बुबाको प्रेमपत्र


subash Bhandari
Subash Bhandari

केही पुराना कुराहरुसँग नयाँ कुराहरु लुकेका हुने रहेछन । पुराना पुस्तक अनि कापीका पानाहरु पल्टाउदै जादाँ केही रोचक अनि रमाइलो कुरा पत्ता लाग्यो । एउटा कापीको पानामा निकै सुन्दर अक्षरका साथ कोरिएको प्रेम पत्र । त्यो प्रेम पत्र मेरो बुबाको थियो । शब्दहरु कोरेर कसैलाई दिन सायद उहाँले सक्नु भएन , किन यी भावनाहरु पानामै सिमित रहे यो उहाँलाई नै थाहा छ ।

प्रेमका मिठो पलको केही अनुभवहरु मैले पनि गरेको थिए, तर जब यो पत्र मेरो हातम प¥यो र यस पत्रमा लेखिएका भावनाहरुलाई बुझने कोशिस गरे लाग्यो माया, प्रेम अनि प्रस्ताब निकै बृहत कुरा हुन । प्रविधिको प्रयोग सँगै मेरो भावना केही शब्दमा सिमित भएको छ । मैले गरेका प्रेम प्रस्ताव तथा मलाई गरिएका प्रेम प्रस्ताव सामाजिक सञ्जालका स साना टेक्स्ट र इमोजीमा सिमिति थिए । जब त्यस पत्रका शब्दहरुको मन्थनमा लागे लाग्यो माया व्यक्त गर्नु निकै कठिन पक्ष हो । बुबाको यो प्रेम पत्र कसको लागि थियो भन्ने कुरा भन्दा पनि त्यो वेला, अवस्था को बारेमा सोच्न बाध्य भए । उहाँले लेख्नुभएको प्रेमपत्र यसप्रकार थियो ।

हिडे छेउ लाग्छ, बसे लेउ लाग्छ, भने झै मनको व्यथा कुनै सामु पोखु भने पागल हुन थालेछकि भन्छन भन्न पर्ने नपोखी बसु भने मानसिक वेदना असह्य हुने, छटपटाई रहनु पर्ने । विगतको दिन तिमी सामु आपmना दुख,पिर पोख्ने वानी थियो,तर आहिले आज विवश छु, कापीको पाना मार्फत मसि बनेर छरिन । हुन त नरम स्याउ हुदा हुदै कसैले पनि हाडे ओखर टोक्दैन होला । नजिकको खुर्सानीले दिने काम टाढाको मसलाले गदैन ।

यतिखेर म शव्दका थुगाहरुलाई गुथेर माला बनाउने तरखरमा छु । लालुपाते, गुलाफ,सुनगाभा, लाली गुराँस मनभरी सजाएर एउटा चोखो मन विहानीको शित संग लडिबुडि गदै तिमीलाई पठाउदै छु । यसमा माया ममता पाएमा एक चोटि चुमेर मुटुमा सांची राख ।अलिकति विश्वास छन भने विवेक साट, प्रेमले पस्किएका परिकार छन भने, स्वादष्टिले जिब्रो पड्काउ, सक्छौ भने यि मायाका कोशेलि र चिन्हहरु, वताउदै लग । सक्दीनौ भने जहांको तहि सिमित राख, त्यहि ठिक छ । विन्ति टुक्राउने, फुटाउने, घायल गराउने कोशिश नगर ।

तिम्रो अनुहारलाई आँखा भरि पालेको छु । प्रत्येक रात सपनाको सट्टा तिम्रो मुहारलाई परेलीसँग खेलाएको छु । तिम्रो यादमा निद संग विउझिएकाृे छु । तिम्रा्े पुजारी वनेको छु । यादि तिमीले बगैचाको कोपिला टिप्न दिन्नौ भने केवल भक्ति भाव र तपस्यामा वस्नु शिवाय के नै हून्छ र प्रेममा एउटा पत्थर शिलालेख टूक्रन सक्छ तर मुटुको लेख कहाँ टुक्रन सक्छ। वर्तमानमा घटेका घटना देखि मन डराएको भए पनि वोकेर यात्रामा निस्केको छु । कदम हरु कतै लर्खराए भने मनभरी मायाहरु फुलाएर हातभरी चोखो स्पर्षहरु लुकाएर जे शाहारा दिन सक्छौ, त्यसैको अपेक्षामा रहेको छु । मनका आशा र लोभले जति तिमीमा घचघचाए पनि तिम्रा अठोटले पाइला चुम्ने गर ।
म त भन्छु पत्र तिम्रो तस्विर हो भने, त्यसका अक्षर भने मेरा लागि भोजन हुन । तिमीले दिए खान पांए………..
्अवश्य पत्र छिट्टै यो भोको मा भोजन वनि आउने आशाका साथ छोटो पत्रको लामो सझंनाका साथ विदन चहान्छु ।

मैले एउटा प्रेम प्रस्तावको अनुभव गर्ने मौका पाए जुन यो प्रविधिको विकाससँगै हराएको थियो । बुबाको शब्द, भाव अनि त्यो प्रेमलाई मेरो धेरै धेरै सम्मान ।


Loading comments...