Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

सुर्यमा दाग देखियोः यस्तो किन हुन्छ?

२ बैशाख २०७६, सोमबार १८:३८


केहि दिनयता सुर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको छ । सुर्यमा यस्तो गतिबिधि हुदाँ सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधी हजार गुना बढि हुन गई उक्तस्थान अरु भागभन्दा अध्यारो हुन जान्छ र सुर्यमा दाग देखिन्छ । यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरङ्गहरु अत्यधिक मात्रामा निस्कने हुदाँ उक्त तरङ्गमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ । साथै यस्ता क्षेत्रहरुबाट अन्तरिक्षमा अत्यधिक गतिका विद्युतीय कणहरु प्रसारण हुने गर्दछन् ।

यस्तो गतिविधिलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ । प्रसारण हुने पदार्थरकणको घनत्व र गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी बर्गिकरण गरिन्छ । यदि त्यो प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशहरुको विद्युतीय प्रसारण संरचनामा असर गर्ने हुनाले सुर्यको गतिविधिलाई वैज्ञानिकहरु सुष्म रुपले अध्ययन गर्ने गर्दछन् । भूउपग्रहहरुमा असर गर्ने हुदाँ सूचना तथा संचार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देश जस्ता अन्तरिक्षसंग सम्बन्धित सेवाहरु प्रभावित हुने गर्दछन् ।


तस्बिरः
मनिषा द्वा, नेपाल एस्ट्रोनोमिकल सोसाइटी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android