अल्लाह शब्द अनि यसको इस्लाम र ईसाई प्रयोग


एकजना जेरुसलेमका पादरीले बडो गज्जबको कुरा लेखेर फेसबुकमा शेयर गरे । जेरुसलेममा अहिले चलिरहेको हिब्रु, ईसाई अनि इस्लामीक खिचातानीमा ति पादरीको त्यस मतले धेरै सहृदय रेस्पोन्स पनि पायो । उनी भन्दछन् कि हामी ईसाई भएर पनि अल्ला हु अकबर, ईन्साह अल्लाह, मासअल्लाह जस्ता शब्दहरु प्रयोग गर्दछौं किनभनें मेरो धर्म जे भएपनि भाषा अरबीक हो र अरबीक भाषामा अल्लाहको मतलब हुन्छ, भगवान ।

उन्को यो वाक्याशंले भाषा, धर्म र विभेदलाई केवल भगवानतत्वसंग जोडिदिएको छ, बडो उत्कट सरलतामा धार्मिक विभेदका अनेकन प्रश्नहरुको उत्तर उन्को अभिव्यक्तिले दिएर गयो । अल्लाह शब्दको इस्लामीकरण भएको कुरा सत्य हो तर अरबीक भाषामात्र हेर्ने हो भनें अल्लाह भनेंको भगवान या मसिहा हो । अरबीक भाषा बोल्ने ईसाईहरुले गिर्जाघरमा पनि अल्लाह शब्दले नै भगवान पुकारा गर्दछन भनें इस्लामहरुको हकमा पनि अल्लाह शब्दको पुकारा गरिन्छ । अल्लाह शब्द बहुवचन शब्द हैन्, यो नितान्त एकवचन शब्द हो जुन हरेक प्रकार, प्रकृति अनि परिवेशमा पनि एकै मानिन्छ । यसअर्थमा भगवान एक नै छन् र केवल पुकारा गर्ने तरिका र आत्मसाथका जगेर्नाहरु मात्र फरक हुन भन्ने प्रष्ट भएको छ । उता हिब्रु भाषीहरुले पनि भगवान तत्वलाई पुकारा गर्ने शव्द अल्लाह झैं सुनिन्छ, उनीहरु भगवानलाई ईल भन्दछन्, अल्लाह र ईल लगभग उस्तै उस्तै सुनिन्छ । यो ईल शब्द अल्लाहबाटै अपभ्रशं भएर आएको हुनसक्ने धेरैको मत पाइन्छ ।

बाईवललाई हिब्रु भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा सम्पूर्ण ईल शब्दहरुलाई गड शब्दले प्रतिस्थापन गरिएको इतिहास छ । अल्लाह, भगवान, ईल जे सुकै भनेंपनि एक भगवानतत्वलाई खुशी पार्दै मानव जीवन सार्थक बनाउन सबैजना अग्रसर बन्न जरुरी छ ।

लाइभमाण्डु


Loading comments...