
#WorldCupCricket: क्रिकेट वर्ल्ड कप 2019 का लागि भारतीय टोलीको घोषणा
२ बैशाख २०७६, सोमबार २१:४६
सन् २०१९, ३० मे बिहिबार देखि १४ जुलाई आईतबारसम्म डेढ महिनासम्म बेलायत तथा वेल्समा हुने १२ औं संस्करणको विश्व क्रिकेटको महाकूम्भ ५० ओभरको क्रिकेट विश्वकपको तयारीको डंकाले विश्वभरका क्रिकेट प्रेमीहरुलाई उत्साहित बनाउन थालेको छ ।
आगामी महिनाबाट बेलायतमा हुने ५० ओभरको क्रिकेट विश्वकप प्रतियोगिताका लागि भारतीय क्रिकेट बोर्ड (BCCI) का निमित्त सचिव अमिताभ चौधरीले भारतीय टोलीको घोषणा गरेकाछन् । आज अपरान्ह BCCI ले अन्तिम् १५ सदस्यिय टोलीको घोषणा गरेको हो ।
अहिले पाकिस्तान बाहेक विश्व क्रिकेटका अधिकांश महारथी राष्ट्रका स्टार खेलाडीहरु भारतमा भईरहेको IPL 2019 मा खेलिरहेका छन्, जसमा विश्व क्रिकेटमा आफ्नो स्पिन, गुगलीको जालमा एक से एक महान खेलाडीको सिकार गर्न सफल सन्दिप लामिछानेले पनि आफ्नो खेलको जादू पस्किरहेका छन् । भारतीय क्रिकेट बोर्ड (BCCI) ले आफ्ना खेलाडीहरुको चयनका लागि जारी IPL मा आँखा गाडीराखेको थियो । यस पटकको भारतीय टोलीको चयनमा चौथो नम्बरको खेलाडीका लागि भारतीय मेडिया तथा क्रिकेट पण्डितहरुबिच विविध खेलाडीहरुको चर्चा हुँदै आएको थियो ।
जारी IPL 2019 मा लगातार ६ खेल गुमाउँदै बल्ल सातौं खेलमा RCB का लागि पहिलो जीत निकालेका RCB का कप्तान बिराट कोहलीले भारतीय टोलीको नेतृत्व गर्नेछन् भने मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मालाई BCCI ले भारतीय टोलीको उपकप्तानको जिम्मेवारी सुम्पिएको छ ।
भारतीय टोलीबाट यी खेलाडीहरुले खेल्नेछन्ः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, महेंद्र सिंह धोनी (विकेट किपर), दिनेश कार्तिक, युजवेन्द्र चहल, रविन्द्र जडेजा, विजय शंकर, मोहम्मद शमी, केएल राहुल, केदार जाधव, कुलदीप यादव, हार्दिक पाड्या, जसप्रित बुमराह तथा भुवनेश्वर कुमार ।
सबैभन्दा बढी चर्चामा रहेका दुई खेलाडी अम्बाती रायडू तथा ऋषभ पन्त १२ संस्करणको यस विश्वकपमा पर्नसक्ने अनुमान थियो तर विश्व क्रिकेटको महाकुम्भका लागि यि दुवै खेलाडीले टिकेट प्राप्त गर्न सकेनन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा