लाइसेन्स जाँचमा फेल भएका राष्ट्रिय सम्मान पाउने डाक्टरको स्पष्टीकरण


मैले प्राप्त गरेको सम्मान अनि त्यस्को पुस्टि:

१. म बङगलादेशको राजशाही युनिभर्सिटीबाट ५.५ बर्षको अध्यययन +१ बर्षको इन्टर्नसिप पुरा गरेर MBBS चिकित्सक भएको हुँ ।मलाई चिकित्सक (डा.) उपाधी मेरो युनिभर्सिटीले दिएको हो ।नेपाल मेडिकल काउन्सिलले दिएको होइन ।

२. म लाइसेन्समा अनुत्तिर्न भएपनी नामको अगाडि डाक्टर लेख्न मज्जाले पाउछु त्यो मेरो अधिकार हो । स्वतन्त्र रुपले विरामी जाँच्न नपाएपनि सिनिएर चिकित्सकको Supervision मा उपचार गर्न नियमसंगत रुपले पाउछु । बिपत्तिमा मान्छेको जीवन जोगाउन प्रयास गर्न पाउछु ।त्यस्तो अभ्यास हामीले इन्टर्नसिपमा पनि गरेका हुन्छौ ।

३. मलाई चिकित्सकको हैसियतमा सम्मान दियो भनेर विवाद गरिएको छ, म डिग्री पुरा गरेको तर लाइसेन्स प्राप्त भैनसकेको चिकित्सक हो । त्यसैले मेरो हैसियत अहिले Doctor हो Non Practising Doctor  । मैले युनिभर्सिटिमा पढाउन, NGO INGO WHO मा जागिर खान मज्जाले पाउछु । USMLE, AMC, PLAB परिक्षा दिन पाउछु ।

४. मैले प्राप्त गरेको पदक २०७२ सालको महाभुकम्पमा सेवा गरेको भएर हो त्यो विपत्तिमा कसैको लाइसेन्स खोजिएको थिएन जसले सेवा गरे त्यस्ले घाइतेको जीवन जोगियो । मैले चिकित्सा शास्त्रको पहिलो क्लास्मा खाएको शपथ अरुको सेवा गर भन्ने थियो ।जुन मैले विपत्तिमा आफ्नो ज्ञान सीपको प्रयोग गरे ।

५. म विरुद्द मिडियामा बोल्नेहरुको कस्ता ब्यक्ती हुन त्यस्को पनि तपाईंहरुले लेखाजोखा गर्नुहोला किन भने मैले गरेको राम्रो कामलाई मेरो प्राविधिक कम्जोरीलाई मात्र आधार बनाएर प्रश्न उठाइेको छ। मैले बिरामीको उपचार गरेर कसको ज्यान लिएको छैन, घुस खोरी भ्रस्टचार गरेको छैन । सामाजिक सेवा गरेर सबैको भलाई गरेको हुँ । बद्नाम गराउने कुनै उपाय नभएपछी यो फण्डा ल्याइएको हो ।त्यसैले साथीहरु हल्लाको पछाडि लाग्नु भन्दा खास कुरा के हो त्यो बुझ्नुहुन अनुरोध छ। मलाई तपाईंहरुले गाली गर्नु भए पनि तपाईंहरुको एक एक प्रश्नको जवाफ दिन म सक्छु । म गलत छैन , नियम संगत तरिकाले पुरस्कार पाएको हुँ । युवा हुनुको नाताले तपाईंहरु क्रिपया सत्य कुरा बुझ्ने प्रयास गारिदिनुहोला।

-डा. राम थापा क्षेत्री


Loading comments...