Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

फ्रान्सको नोट्रे डाम क्याथेड्रल भिषण आगलागीपछि पनि संरक्षित गरिँदै

३ बैशाख २०७६, मंगलवार १३:००


ईसाई धर्मावलम्बीका लागि नोट्रे डाम क्याथेड्रल अत्यन्त पवित्र अनि आस्थाको केन्द्र बिन्दुको रुपमा स्थापित गिर्जाघर हो । करोडौंको आस्था, बिश्वास अनि प्रार्थनाको साक्षी यस ठाँउ ईसाईका लागि कल्पवृक्ष समान थियो । ८५० वर्ष पुरानो यस गिर्जाघर को छानों र गजुर यसरी लडिदियो कि मानौं कुनै भयंकर राक्षसले एउटा मसिनो रुखको हाँगो लडाएको थियो ।

हवाईजहाजबाट पानी खसाल्ने देखि ४०० जना अग्निनियन्त्रकहरुको अनवरत प्रयाससम्म फ्रान्सको सरकार र प्रशासनले हरसंभव प्रयास गरेर सकेसम्म आगलागीको क्षती कम गरायो । अग्नि नियन्त्रण बिभागका चिफ जिम क्लाउड ग्यालेटले अन्तत डामको संरचनागत बनावट भनें जोगाउन सकेको बताएका छन् । उक्त डाममा पूर्ननिर्माणको कार्य चलिरहेको र त्यसै कार्यबाट आगोको लप्का निस्केको प्रारम्भिक अनुमान छ । डामको सर्वाधिक बहुमुल्य सम्पदा रेलिक्स भनें बचाउन सकिएको छ । सोमबार नै प्रशासनले डाम जोखिम बाहिर रहेको र संरचनाहरु हरसंभव प्रयास गरि बचाइएको जनाएका थिए ।

फ्रान्सका राष्ट्रपती ईम्यानुयल म्याक्रोनले पनि वक्तव्यमा सम्पूर्ण रुपमा आगोसंग जीत नभएतापनि धेरै हदसम्म संरक्षण गरिएको जनाएका थिए । १२ औं शताब्दीमा बनाइएको काठको भित्रि संरचनाहरु भनें निरन्तर जलेका थिए र त्यसै आगोको लप्कोले डामलाई गाँज्दै लग्यो । पेरिस शहरका २ वटा हस्ताक्षरगत संरचनामा एफिल टावर र डाम पर्दछन्, डामको शिघ्र पूर्ननिर्माणको अपेक्षा बिश्वभरिका ईसाई धर्मावलम्बीको छ भन्ने एैक्यवद्धता सामाजिक सञ्जालमा निकै पाइयो । नेपालको धरहरा अझै उठ्न नसकेको यस अवस्थामा फ्रान्सले आगामी दिनमा अतिशिघ्र पूर्ननिर्माण गर्ने डामबाट केहि सिक्ने पो हो कि ?

लाइभमाण्डु

https://twitter.com/i/status/1117848909877895171

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग