
आमाको सेवामा छुटेको एउटा स्वर किन्नरीको कथा
३ बैशाख २०७६, मंगलवार २०:४८
कुनै समय थियो जब अहिलेकि चर्चित गायिका अन्जु पन्त र गायिका बाला भट्टराईसँगै हुनुहुन्थ्यो । वहाँहरु समकालिन गायिकाहरु हुनुहुन्छ । धेरैले चिन्थेनन् कसको स्वर हो भनेर । वहाँहरु दुवैको स्वर झण्डै उस्तै थियो । दूर्भाग्य अञ्जु पन्त आज सफलताको कुन उचाईँमा छिन र बाला कुन अवस्थामा । जीवनमा एउटा यस्तो मोड आयो जहाँ बालाको स्वरले व्यवसायीक विश्राम पायो र प्रारम्भ भयो एउटा अनवरत मातृसेवाको अर्को जिन्दगानी ।
सम्भावनाका अनेक अवसरहरुमा जतिबेला अञ्जु पन्तले आफ्नो आवाजको जादू छर्दै हुनुहुन्थ्यो त्यति नै समय बालालाई जन्मदिने आमा दुर्घटनामा परेर थला पर्नुभएपछि वहाँले भने संगीतबाट विदा लिनुपर्यो ।
बाला भट्टराईको स्वर रहेका केही गीतहरुः
निर्मोही – https://www.youtube.com/watch?v=8jUkGssPbZo
‘गुरुजी’, सङ्गीतः न्हु बज्राचार्यः https://www.youtube.com/watch?v=81hAPynM3sk
‘यती गर्यौ की दया मलाई’, सङ्गीतः न्हु बज्राचार्यः https://www.youtube.com/watch?v=SITe1VtuLPY
संगीतबाट टाढा भएको करिब १३ बर्ष भइसकेको छ । हाल आमाको उपचारमा समेत समस्या हुन थालेपछि उनले आफ्ना साङ्गीतिक बाजाहरु सबै बेचिसक्नु भएकी बाला १० मिनेट पनि आमाबाट टाढा बस्नसक्ने अवस्था छैन भने सानै उमेर देखि बालालाई पनि निन्द्रा नै नलाग्ने अर्को समस्या छ । आफ्नोसँगै आमाको नियमित हेरचाह तथा उपचार नै दैनिकी बनेको बाला भन्नुहुन्छ, “मेरो परिवार यस्तो अवस्थामा हुँदा कसरी गाउँदै हिंड्न सक्छु?” बालाको बाँकी कथा Sutra Entertainment को सहयोगमा वहाँकै मुखबाटः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग