
भाकलमा बैगन चढाउने ईटहरीको कचना महादेव मेला
४ बैशाख २०७६, बुधबार १०:५६
भाकलमा बैगन (भण्टा) चढाउने ईटहरीको कचना महादेव थारु पुर्वजको धरोहको रुपमा स्थापित रहेको छ । प्रत्येक बर्ष सिरुवा पर्वको अवसरमा बैशाख ३ गते ईटहरी स्थित कचना मेला लाग्ने गरेको हो । यस बर्ष पनि भब्य रुपमा मेला लागेको छ । ईटहरी ४ स्थित रहेको कचना देवथानमा हराएको धनमाल,गाई बस्तु भेट्टाउन,शरिरमा मुसा भए कुनै उपचार नगरी कामना गर्ने र भाकलबाटै सफलता मिल्ने बिश्वास रहेको छ । घरपरिवार,बालबच्चा स्वथ्यको कामना ,गाउँघरमा अनिष्ट नहोस,सबैको रक्षा गरुनको कामना गर्दै कचना मन्दिरमा दर्शन गर्न आउनेहरुको धुईचो लाग्ने गर्दछ । कामना पुरा हुनेले बैगनको जोडी भार चढाउने चलन रहेको छ । थारुहरुले बिशुद्ध रुपमा धार्मिक आस्थाले मान्ने राजाजी देवता कचना थानमा स्थापित रहेको छ । गाउँटोलमा आएको संकट हटेर जाउन भन्ने आस र बिश्वासले थारु समुदाय धेरै पहिले ईटहरी ४ स्थित राजाजि ग्रामथान स्थापना गरेका हुन् । पुस्तौ देखिको थारु संस्कार अनुसार सिरुवा पर्वको अवसरमा पुजापाठगरी मेला लगाउदै आएको पुजारी केशव कुमार राजधामीले बताए । धामी पुजारी बक्लौरी टेडी टोलका हुन । उन्ले भने मेरो चार पुस्ता देखिको बाबा पुर्वजले पुजा गर्दै आएकोमा मेरो भाई र म २०५१ साल देखि दुई दाजुभाईले बिडो थामेको बताए ।
कचना मन्दिरमा परमपरा देखि चल्दै आएको थारु संस्कार अनुसार पुजापाठ केहि गैर थारुहरुले हटाउन खोजेको उन्ले गुनासो गरेका छन् । पुर्वजकै पालादेखि बलि दिने चलन रहेपनि गैर थारुहरुले बलि चढाउन नहुने भन्दै विवाद पनि भएको बताए । यस्तै रह्यो भने यहाबाट थारु संस्कार समाप्त भएर जाने धामीले बताए । यसकालागी स्थानिय थारुहरु अडिग भएर बस्नु पर्ने सुझाव समेत दिए । थान तथा मन्दिरलाई चौधरी टोलका थारुहरुले संरक्षण गर्दै आएको छ । उनीहरुकै संयोजकत्वमा प्रत्येक बर्ष मेला लाग्ने गर्दछ । कचना थान संरक्षण समितिको सदस्य समेत रहेकी सुसिला चौधरीले पनि कचना थानबाट थारु संस्कार अनुसार पुजापाठ हुन नदिन चलखेल भैरहेको बताईन् । यस बर्ष पनि थारु परमपरा अनुसार पुजा चलाई रहदा गैर थारुबाट बिरोध आएको बताए । यसहाबाट पनि थारु संस्कार परमपरालाई बिस्थापन गर्ने सोच पलाएको हुन सक्ने चौधरीले बताईन् । तर कुनै पनि हालतमा आफनो पहिचार र संस्कार नछोड्ने महिला सभा केन्द्रिय सचिव तथा कचना संरक्षण समिति सदस्य चौधरीले प्रतिबद्धता गरिन् ।
शुसिला चौधरी स्थानिय ईटहरीको चौधरी टोल निवासि हुन् । स्वच्छ मनले भाकल गरे मनोकामना पुरा हुने जनबिश्वास रहेको ईटहरी निवासी थारु महिला सभा केन्द्रिय सचिव सुुसिला चौधरीले जानकारी दिएकी छन् । सो मन्दिरमा धेरै पहिले देखिनै एउटा शिला रहेको छ । जुन धार्मिक आस्थाले त्यस स्थानमा रहिरहेको छ । शिलाको छुटै महव रहेको छ । शिलामा जोडी बैगन चढाएर ढोग गरे दुःख कष्ट नास हुने जनबिश्वास रहेको छ । मेला लाग्ने दिन बिहानै पुजागरी भाकल चढाउने कार्य सुरुहुने महिला सभा केन्द्रिय सचिव चौधरीले बताईन् । कचना मेला पहिले ठुलो क्षेत्रमा लाग्ने गरेको थियो । तर अतिक्रमण र मिचाईले साधुरो ठाउँमा मेला लाग्ने गर्दा दर्शन गर्न आउनेहरुलाई सास्ती हुने गरेको छ । सो कचना मन्दिरकालागी ऐलानि जग्गा रहेको थियो । स्थानियहरुका अनुसार ईटहरीका आर्मि क्याम्प र खानेपानि ट्याङ्कीका समितिहरुले अतिक्रमण गर्दै केहि सिमित क्षेत्र मात्र रहेकोले साघुरो हुन गएको स्थानियहरुले जानकारी दिए ।
सुनिल चौधरी ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै