
वरिष्ठ पत्रकार पुष्कर लाल श्रेष्ठको निधन
४ बैशाख २०७६, बुधबार १५:१७
कामना प्रकाशनका संस्थापक एवम् हजारौं पत्रकारहरूका प्रेरणाको स्रोत आदरणीय पत्रकार पुष्करलाल श्रेष्ठज्युको निधनको खबरले समग्र नेपाली पत्रकारिता जगत अनि नागरीक समाज निशब्द भएको छ । तठस्त पत्रकारिता अनि समाजका बास्तविक कुराहरु कलममार्फत देखाउन अग्रसर पुष्कारलाल श्रेष्ठ नेपालमा माओवादी द्वन्दताका बिभिन्न घटनाक्रम, तिनको कारण, बिष्लेषण अनि तथ्यगत कुराको स्रोत मानिन्थ्यो । लगभग एक दशकअघि आएको पुष्करलाल श्रेष्ठको पुस्तक कलम निकै चर्चा अनि रुचाइएको पुस्तक थियो ।
अपराधमा राजनितिकरण शिर्षकको श्रेष्ठको एउटा लेखको एउटा ज्वलन्त अशं यस प्रकार थियो । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेका अपराधीलाई मन्त्रिमण्डलको बैठक बसेर सजाय माफ गर्छ। भ्रष्टाचार गरेर अकूत सम्पत्ति जोडेको आरोपमा जेल सजाय भोगेका नेताहरूलाई लाखौं रुपियाँ पर्ने माला लगाएर सिन्दूर जात्रा गरी शहर परिक्रमा गराउँछन्। अपराधीलाई सजाय दिलाउन लागिपर्नुपर्ने प्रहरी आपराधिक घटनाका प्रमाणहरू नष्ट गर्न लागिपर्छन्। गरिबको रक्षा गर्नुपर्ने अस्पताल–चिकित्सकहरू पैसाको लोभमा गलत रिपोर्ट लेखिदिन्छन्। कसैबाट न्याय नपाएपछि अदालत गुहार्न पुगेका पीडितहरू पैसा वा राजनीतिक दबाबमा अदालतबाटै पीडित हुन्छन् भने पोर्न फिल्म नहेर भन्दैमा अपराध घट्छ भन्ने के ग्यारेन्टी छ र ?
पछिल्ला समयमा देशको दुर्दशा, अपराधको भयंकर प्रश्रय, अपराधीको बोलवाला लगायतका बिषयमा श्रेष्ठका खरा बिचारहरुले न्यायप्रेमी नेपालीलाई एउटा आँट र आश दिएको थियो । निकै समयको रोग अनि थलाईबाट ग्रसित पुष्कर लाल श्रेष्ठले आज संसारबाट बिश्राम लिनुभएको छ । तथापि वहाँको बिचार र राष्ट्रप्रेमले सदैव नेपालीजनलाई दोहोर्याइरहनेछ ।
अलविदा पुष्कर दाई
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै