Lifestyle Portal
  •   २१ श्रावण २०७८, बिहीबार

‘नेपाली स्याट-१’ भुउपग्रहसंगै नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्दै

४ बैशाख २०७६, बुधबार २१:४१

३ बैशाख, २०७६ । विश्व प्रविधिले हर सेकेण्ड नयाँ चुनौति तथा अविस्कार गरीरहेको २१ औं शताब्दीमा हामी भने अझै नविन प्रयोगका नाममा हुने प्रविधिगत विकासको साना संकेतहरुमा रमाएका छौं । हामीलाई विद्यार्थीहरुले स्कूले परियोजनामा तयार पारिएका रोबोट अथवा ड्रोनहरुले समेत खुशी थप्छ । उता विश्व प्रविधि भने त्यस्ता रोबोटहरुमा परिपक्व AI (Artificial Inteligence)सहितको गिद्दीयूक्त दोहोरो संवाद गर्नसक्ने, हाँसो, खुशी, दुःख अभिव्यक्त गराउँदैछ ।

यो भनिरहँदा हामीले विज्ञानमा प्रयोग गर्दैगरेनौ अथवा नेपालीस्तरमा केही हुँदैभएन भन्न खोजिएको भने हैन । सिमित स्रोत साधन तथा व्यक्तिगत खोज तथा अनुसन्धानमा राम्रा राम्रा प्रयोगहरु भएका छन् । आशलाग्दा प्रविधिगत उपलब्धिका नमूना तथा व्याख्या नेपालीहरुले गरेका छन् यसका कुनै शंका छैन । तर सरकारी स्तरमा जुन रफ्तारले विज्ञान, प्रविधिका अनुसन्धान्तमक विषयहरुमा सहयोग र गति देखाउनुपर्थ्यो त्यो हुन सकेको छैन । नेपाली वैज्ञानिकहरु जो विभिन्न अनुसन्धानमा आफ्नै कोशिसमा लागि परेका छन् उनीहरुमा प्रोत्साहन थप्न सकिएको छैन ।

खैर यो कुरा विस्तारै सुधार हुँदैजाला । त्यतिञ्जेल आज भने हामी एउटा नमूना उपलब्धिबारे जानकारी हामी दिंदैछौं । नव वर्षको आज तेश्रो तीन र यो मिति एउटा विशेष कारणले ईतिहासको पानामा स्वर्णीम अक्षरमा लेखिन गईरहेको छ । नेपालले आज नासा मार्फत् प्रक्षेपणको तयारीमा रहेको नानो स्याटेलाईटबारे प्रकाश पारीदिन लाईभमाण्डूले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष तथा युवा वैज्ञानिक सुरेश भट्टराईलाई अनुरोध गर्यौं । प्रस्तुत छ भट्टराईद्वारा प्रेसित सामाग्री जस्ताको तेस्तै केवल लाईभमाण्डूमाः

नमस्कार ! आज हामी चर्चामा रहेको नेपालद्वारा निर्माण गरिएको पहिलो मानवनिर्मित भुउपग्रह ‘नेपाली स्याट-१’ को विषयको सेरोफेरो लिएर यहाँहरु माझ उपस्थित भएका छौं । तपाईहरुलाई भुउपग्रहको बारेमा त थाहै होला । भुउपग्रह प्राकृतिक र कृतिम गरी दुई किसिमका हुन्छन् । पृथ्वीलाई प्राकृतिक भुउपग्रह चन्द्रमा लगायत हजारौं मनवनिर्मित भुउपग्रहहरुले परिक्रमा गर्ने कुरा यहाँ हरुलाई थाहै होला । आज हामी ती हजारौं भुउपग्रहभध्ये वैशाख ५ गते बिहिवार नेपाली समय अनुसार २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित एक अन्तरिक्षपोर्टबाट अन्तरिक्षको यात्रामा निस्कने नेपालको पहिलो क्युबसाट ‘नेपाली स्याट-१’ को बारेमा जानकारी दिदैछुँ ।

‘नेपाली स्याट-१’ आन्टारिस नामक रकेटमा चढेर अमेरिकी अन्तरिक्ष संस्था सिग्नस् नामकमार्फत् पृथ्वीदेखी करिब चार सय किलोमिटर माथी रहेको अर्को अनुसन्धानात्मक भुउपग्रह ‘अन्तराष्ट्रिय अन्तरिक्ष यान’ तर्फ जाँदैछ । हाम्रो पहिलो भुउपग्रहलाई यो यत्रा तय गर्न दुई दिन लाग्नेछ । अर्थात् ‘नेपाली स्याट-१’ शनिबार राति १०:४५ बजेसम्म अन्तराष्ट्रिय अन्तरिक्ष यानको भित्री कक्षमा पुगिसक्नेछ । त्यस्तै जेठको अन्तिम सातातिर मात्र अन्तरिक्षमा छोडिनेछ । यदि तपाई एमेच्योर रेडियो अपरेटर हुनुहुन्छ भने ‘नेपाली स्याट-१’ को कलसाईन JG6YLF अर्थात् ‘जुलिएट गल्फ सिक्स याङ्की लिमा फक्सट्रट’ मार्फत् सुचना प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईहरु सबैलाई एउटा जिज्ञासा पक्कै छ होला कि यो भुउपग्रहमार्फत नेपाललाई के फाईदा छ त?
एकैछिन यस विषयमा चर्चा गरौं । यो भुउपग्रह हालसम्म आफ्नै अन्तरिक्ष कार्यकरम नभएका तर भविष्यमा कार्यक्रम सञ्चालन गर्न ईच्छुक राष्ट्रहरुलाई अन्तरिक्षसम्बन्धि जनशक्ति विकास गर्न टेवा पुर्याउने साथै प्रोत्साहन गर्ने उदेश्यले जापानको क्योसु ईन्टिच्युट अफ् टेक्नोलोजीको एक परियोजनाको हिस्सा हो । उक्त परियोजना अन्तर्गत तेस्रो चरणमा नेपालले भाग लिई हाल नेपाली इन्जिनियर आवास मास्के तथा हरेराम श्रेष्ठ सम्मिलित अन्तराष्ट्रिय टोलीले बनाएको करिब एक किलो तौलको भुउपग्रह ‘नेपाली स्याट-१’ मार्फत् नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्दैछ । सन् १९५७ अक्टोबर ४ अर्थात् विक्रम संवत् २०१४ साल असोज १८ गते नेपाली समय अनुसार रातिको करिब १ बजे स्पुतनिक-१ नामक भुउपग्रह अन्तरिक्षमा पठाई सफलतापुर्वक परिक्षण पश्चात् अन्तरिक्ष युगको थालनी भएको मानिन्छ । नेपालले पठाउन लागेको जस्तो क्युबस्टाट भने सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा पठाईएको थियो । सन् १९९९ मा आएको क्युबस्याटको अवधारणाले विभित्र आरोह अवरोह पार गर्दै २००३ मा अन्तरिक्षमा पुग्न सफल भएको थियो ।

सन् २०१७ अक्टोबर ४ मा सुरू भएको बर्डस्-३ परियोजना अन्तर्गतको ‘नेपाली स्याट-१’ ले करिब ९३ मिनेटमा पृथ्वीलाई करिब ४०० किलोमिटर माथीबाट एक पटक परिक्रमा गर्नेछ । अन्तरिक्षमा छोडेपछि करिब ६ देखि १२ महिना यो भुउपग्रहले निरन्तर पृथ्वीको परिक्रमा गर्दै तस्विरहरु खिच्नेछ । यस भुउपग्रह निर्माणको एउटा साझेदार ललितपुर, खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले स्याटेलाइटसंग सूचना आदानप्रदान गर्न आवश्यक ग्राउन्ड स्टेसन निर्माणको लागि आवश्यक तयारी थालिसकेको छ । उक्त स्टेसनमार्फत् स्याटेलाइटमा आवश्यक सूचना पठाउन र स्याटेलाइटबाट सूचना डाउनलोड गर्न सकिनेछ ।

नेपालले यो परियोजनामा दुई करोडभन्दा बढी खर्च गरी दुईजना प्राविधिक उत्पादन गर्देछ । आशा गरौं यो जनशक्तिले आगामी दिनमा बन्ने नेपालको अन्तरिक्ष कार्यक्रमको स्थापनाको लागि उल्लेख्य योगदान गर्नेछन् । साथै देशमा अन्तरीक्ष विज्ञानमा लगानीको वातावरण सिर्जना गर्न भुमिका खेल्नेछ ।

आगामी दिनहरुमा यस भुउपग्रह सम्बन्धि सामग्री अनेक उपयोगी जानकारीहरु लिएर आउनेछौं । आजको यो जानकारी तपाईहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला । साथै यस नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आधिकारिक च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद !!

लेखकः https://twitter.com/bhattaraisures

भिडियो सामाग्री यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति