Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

छोरीको जन्मदिनको खर्च अभिनेत्री स्वेता खड्काको माझी बस्तीलाई

६ बैशाख २०७६, शुक्रबार १३:२६

अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदायको ५३ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५४ घरको एकीकृत बस्ती बनाउने कार्यमा सो समुदायकी एउटी बुहारीको रुपमा जुट्दै नेपाली समाजमा प्रेरणाको श्रोत नै बन्न पुगेकी चर्चित नायिका स्वेता खड्का मार्फत सो बस्ती निर्माणमा सानै भने पनि योगदान दिने अभिप्रायले सो अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिन प्रदान गर्ने निर्णय गरेका छन ।

भिडियोमा हेर्नुहोस:

रेग्मी दम्पत्तिले गरेको निर्णय अनुरुप आज काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनस्लूमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठले नायिका स्वेता खड्कालाई आठ हजार रुपयाँको चेक हस्तान्तरण गर्नु भयो । श्रेष्ठ मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रन्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नो उक्त निर्णयबारे जानकारी गराएकाले आज सो कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो।

माझीबस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् ।

आवस्यक भवनहरुको निर्माण कार्य सम्पन्न भए तापनि बस्तीलाई सुबिधा सम्पन्न बनाउन आबस्यक पूर्बाधार संरचनाहरु सडक, बिजुली, खानेपानी, सेफ्टी ट्यांकी, पार्क आदि निर्माण कार्य सम्पन्न गर्ने कार्य बाँकी रहेको र यस्को लागि करीब दुई करोड आबस्यक पर्नेछ । बाँकी यो कार्यमा हातेमालो गर्न इच्छुक ब्यक्तिहरुलाई चर्चित नायिकाले आह्वान गरेकी छिन् ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष पनि छ परियोजनाको । रकम हस्तान्तरण गर्ने क्रममा श्रेष्ठले दुबै पक्षलाई हार्दिक बधाई ज्ञापन गर्दै यस किसिमको निर्णय गरेर सहयोग गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको भावना शहिद जस्तै प्रेरणादायी हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ