Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

पारिजातको कोठाको फुल

६ बैशाख २०७६, शुक्रबार १६:००


सिसल एकप्रकारको रुख हो, जो कडा र रुखो भएको कारण सबैले चिन्दछन् । यता सिसल एकजना नारीको नाम पनि हो । सिसल सौम्य छिन्, नरम अनि लयालु भावनाहरुले लैस सिसल एउटी अदभुत नारी हुन् ।

फूलहरुको फूलाई अनि फक्राई नै जीवनको मुलभुत र एउटामात्र उदेश्य हो । सिसल के हावाहरुलाई वहने अधिकार छैन ? हावाहरुलाई पनि विश्वास गरिदेउ न सिसल, प्यारी सिसल हावाहरुलाई आफुमा स्वीकार गरेर हेर न । यस जनावरमय विश्वमा हुर्किएर तिमी पनि त एउटी जनावर भएकी छौ सिसल, केवल एकपटकका लागि जे हुन्छ हुन देउ सिसल, तिमी हावासरि वहिदेउ शायद त्यसपछि तिमी कहिल्यै रुन पर्ने छैन ।

के तिमी मलाई माया गर्दछौ?
कस्तो अर्थहिन प्रश्न हो यो ? मेरो माया पर्याप्त छ र ? पक्कै छैन नि ।

त्यसो भए तिमी मलाई बिवाह गर्नेछौं हैन त ?
हेर म त्यस पुरुषसंग बिवाह गर्नेछु जस्लाई मैले पहिल्यै कहिले देखेकी छैन । त्यस पुरुषले बिवाहको रात नै मलाई आफ्नो निर्दयीपना र मायालु भाव दुबै प्रमाणित गरेर देखाउनु पर्नेछ बुझ्यौ । उस्ले मेरो मानसिकता बुझ्ने सम्म पनि प्रयास गर्यो भनें उ सदाका लागि हार्नेछ । हाहा अब त तिमीले बुझ्यौ होला नि ? म मायामा बिश्वास गर्दिन , पटक्कै गर्दिन ।

सिसल
हेर मैले बिवाहको महत्वलाई आत्मसाथ नगरेकी हैन तर म बिवाहको नाममा आत्मसर्मपण गर्न चाहन्न ।

सिसल यो त तिम्रो….
हो यो केवल मेरो व्यक्तिगत निष्कर्ष हो ।
रुपरेखा पत्रिकामा प्रकाशित एक कठिन निष्कर्ष कथाको एक अंश जो पारिजातको कलमबाट निस्केको हो ।

र यस निष्कर्षमा म पारिजातको जीवनको रुपरेखा नै पाँउछु । म पेशाले लेखक, मेरो नाम सुयोग शव्द आँफैमा पारिजातको शिरिषको फूल पुस्तकको मुख्यपात्रको नामबाट साभार गरिएको हो । म मेरो नाम र सर्वनाम दुबैमा पारिजात पाँउछु, म सुयोगवीरको सुयोगका अंशका रुपमा पारिजातको कलम र मसीले आफुलाई सदैव भिजाएको पाँउछु । बिवाहप्रति पारिजातको विचार खरो थियो, उनी कसैको लागि बिवाहका नाममा आत्मसमर्पण गर्न नचाहने तर्क राख्दै मानवताको बिम्ब प्रयोग गर्दथिन । बिवाहको नाममा एकले अर्कालाई शरीर सुम्पने चलन मात्र को विरुद्ध रहेी पारिजातमा एकप्रकारको सुपेरियटी सम्प्लेक्स नै थियो शायद । पारिजातले आफ्नो प्रेम प्रसगंलाई एउटा रहस्य नै बनाएर गईन, हुन त समकालिन भुपी शेरचन, मदन रेग्मी लगायत अन्य केहिहरुको नाम पारिजातसंग नजोडिएका त हैनन तर ति नामहरु केवल साथीका रुपमा मात्रै रहे । शायद उनीहरुसं पारिजातले चाहेको गुणहरु थिएन या त प्रेमको गुरुत्ववलले पारिजातलाई त्यता तानेन ।

पारिजातले पटक पटक भनेंको वाक्य: ” मलाई मानिसहरु सर्वश्रेष्ठ प्राणीहरु हुन भन्ने कुरामा चाँही विश्वास लाग्दैन शायद त्यसैले होला म कुकुर र मान्छेलाई सरोवर देख्दछु । कारण के भनें मलाई धेरै पटक मान्छेले मान्छे नभएको झैं झुक्याएका छन् । ”

एकफेर एकजना पंक्तिकारले पारिजातलाई सोधे,
पारिजात जी किन तपाँई आफ्ना कथा र पात्रहरु बाट बाहिर निस्कनु हुन्न ? पारिजात त्यसै गरि बसेकी थिइन जसरी शिरिषको फूलमा सुकन्या बस्थिन, त्यस्तै झ्यालमा बसेर बुनिएका कुशन र केहि थान बुनाईका काँटाहरु पारिजात र पंक्तिकारका बिचमा थिए ।

पारिजातको उत्तर थियो ।

” मेरा कुनै पनि रचनाहरु मेरा जीवनगाँथा वयान गर्न लेखेकी हैन तर साकम्बरी, सिसल र सुयोगवीरले मेरा भावनाहरु बोल्दछन् । उनीहरुको जीवन र मेरो जीवन दर्शनमा म कुनै फरक नै पाँउदिन ।”

यति भनेंपछि पारिजात केहि बेर चुप लागिन अनि पंक्तिकार पनि ।

पारिजातको कोठामा एउटा केटा केहि फूलहरु साथमा लिएर छिर्दछ । उस्लाई थाहा छ कि पारिजातलाई फूलहरु मनपर्दछ । पारिजात एउटा यस्ते फूलको नाम यि लेखिकाले चुनिन जुन झरेपछि मात्र चढाउन योग्य कहलाँउछ, त्यो फूल जुन महाभारतमा अर्जुनले कुन्तीलाई भेट गर्दछन ताकि कुन्तीले ति फूलहरु महादेवलाई अर्पण गर्न सकुन ।

तर यि पारिजातको कोठामा भनें कमल र सर्वदा फूल मात्र देखियो, फूलहरु कुनै विशेष साजसज्जाका साथ थिएनन र त्यहाँ केहि थान कमल, केहि थान सर्वदा र एउटी सग्ली पारिजात थिइन् । पारिजात पछिल्ला समयमा धेरै पलहरु एक्लै बिताँउथिन, बाथ रोगले उनलाई कैदि बनाएको थियो । ठूलो भित्ता अनि झ्यालबाट देखिने लामो बाटो, पारिजातका दैनिक देखिने दृश्यहरु थिए । सिंहदरबार भित्रका ठूला रुखहरु, ति रुखका बसन्तसहयात्री चरा अनि फूलहरु पनि देखिन्थे बसन्त ताका । त्यस कोठाबाट पारिजातले आफ्ना कथा, कवितामार्फत धेरै उडानहरु भरिन, आजसम्म पनि हामी पढ्दैछौं ।

एउटा स्वास्नी मान्छेको अन्तरवार्ता : पारिजात कविता

पारिजातको डायरीमा बहिनी सुकन्याका लागि यि शब्दहरुले यिनको जीवन अवस्था चित्रण गर्दछ ।

” मेरी कान्छी बहिनी सुकन्या साहित्य र राष्ट्रप्रेमको भावनामा पागल झैं भएकी छे । उ आफु हुनुभन्दा पनि मेरो अवस्थितीलाई अझ गहिरो रुपमा मेरो प्रतिनिधित्व गर्न सक्दछे । म जो यस्ती मान्छे हुँ जो माया र निर्भरतालाई जीवनभर घृणा गर्दै आएँ आज मेरी बहिनीका लागि माया र उपचारका लागि एउटी परजीवी दिदि नै भएकी छु ।”

पारिजातको डायरीमा लेखिएको अर्को मन छुने कुरा ।

“मैले आफुभित्रको भय भुलाउनका लागि लेख्न थालें, अनि लेख्दै गएँ ।”

समयसंगै पारिजातको धर्मप्रतिको धारणा परिवर्तन हुँदै गयो, उनले गीता, कुरान र बाइबलको अध्यन गरेपछि भनेंकी एउटा वाक्याशं यस्तो थियो :
“धर्म एउटा अनुभव हो जस्को कुनै पहिचान छैन ।”

बहुतै गहिरो अर्थ बोकेको यो भनाईमा पारिजातको धर्म प्रतिको बढ्दो उदारता र आत्मिक आत्मसाथ झल्केको छ ।

तपाँईलाई के लेख्न मन पर्दछ, कविता या कथा ?

पारिजात सहज उत्तर दिँदै : कविता
हुन त शिरिषको फूल भ्रमर चुम्बन मै आईली झर्दछ यस हरफमा नै समग्र कथा अटाएको छ, साराशं समेत ।

सेप्टेम्बर ७ सन् १९७३ मा यस अन्तरवार्ता लिइएको थियो । उत्तम कुवँर जी ले लिनुभएको यस अन्तरवार्ता रेकर्ड नेपालमा अँग्रेजी भाषामा प्रकाशित छ ।

लाइभमाण्डुका लागि सुयोग ढकालले अनुवाद र परिपेक्ष्यकृत गर्नुभएको ।

पारिजातको २६ सौं स्मृति दिवस विशेषांक
पारिजातका ३० वटा पढ्नैपर्ने रचनाहरु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,