Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

९ वर्षिय सिरियन बालिकाले क्यानडामा गरिन आत्महत्या

७ बैशाख २०७६, शनिबार ११:१५


विश्व ध्रुविकृत हुँदैछ अनि हामीहरुले शायद बिभिदतामा एकताको श्रृजना गर्न सकेकै छैनौं । मध्यपूर्वबाट शरणार्थिहरु यूरोप र उत्तर अमेरिकाका देशहरुमा कठिन यात्रा गर्दै जाने चलन बढ्दो छ तर केहि दिनअघि एउटा यस्तो घटना घट्यो जस्ले कलिला बालमष्तिष्कमा पनि बिजारोपण गरिएको रेसिज्मको एउटा ठूलो बिरुवाको पर्दाफाश गर्यो ।

क्यानडाको क्यालगरी स्कुलबाट यि ९ वर्षिय बालिका अर्को स्कूलमा सारिने तरखरमा थिइन । कारण थियो साथीहरुको दुव्यबहार , यिनलाई मुसलमान भएकी अनि सिरियाबाट आएकी कारणले कक्षाका साथीहरुले निकै खिसि गर्ने गरेका थिए । अमल अलस्थिवी नामकी यि बालिकाले मार्चको अन्तिम साता आफ्नै घरमा आत्महत्या गरिन किनभनें अर्को स्कुल जाँदा पनि उनलाई कसैले माया नगर्ने कुरा यिनका साथीहरुले बताएका थिए । तिमी जहाँ गएपनि तिम्रो धर्म र देशका कारणले सबैले तिमीलाई घृणा गर्नेछन भनी साथीहरुले यिनलाई भनेंका अनि बरु तिमी अब मरेकै बेस भनि पनि सुझाव दिएको भोलिपल्टै यिनले आत्महत्या गरिन् । उनले बुवाआमालाई पनि यस विषयमा भनेंकी थिइन, स्कुलमा यिनका मातापिताले गुनासो त राखे तर केहि सुनुवाई भएन । यि सिरियन नानीले विश्वभरिका रगंभेदि आँखाहरुलाई एउटा प्रश्न दिएर गईन, आखिर कहिलेसम्म ?

सन् २०१५ पश्चात क्यानडामा ४० हजार सिरियनहरु बस्न थालेको बताइन्छ, यि बालिकाको परिवार पनि ३ वर्षअघि क्यानडा आएका थिए । प्रहरीले थप अनुसन्धान गर्नु नपर्ने जनाँउदै स्कुलमा पनि बुलिगंको कुनै आधार र प्रमाण फेला नपारेको रिपोर्ट पेश गरेको छ । तर यि नानीले असह्य वेदनाका बिच गरेकी आत्महत्याको बिश्वभर चर्चा परिचर्चा भइरहेको छ । कक्षाकोठाबाट शुरु भएको रेसिज्मको विभेदले कस्तो पुस्ता हुर्काउने हो ? भविष्यले बताँउदै जानेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै