
१३ औं शताब्दीको मस्जिदलाई बारमा परिवर्तन गरियो
७ बैशाख २०७६, शनिबार ०७:३१
खबर प्लालेस्टाइनको हो । अहिलेको इज्रेलको सफेट जिल्लामा पर्ने १३ औं शताब्दीको मस्जिदलाई भर्खरै रक्सी बारमा परिणत गरिएको छ । अल कुद्स अल अरेबीले लेखेको छ । अल अह्मर मस्जिद सन् १९४८ देखि पटक पटक बिभिन्न ब्यबसाहीक प्रयोजनका लागि रुपान्तरण गरिँदै ल्याइएको थियो । शुरुमा हिब्रु बिधालयका लागि यस मस्जिदको प्रयोग गरियो त्यसपछि चुनावी तयारी घर अनि कपडा पसल र अब आएर उक्त धार्मिक स्थललाई रक्सी खाने बार र ईभेन्ट हल बनाइएको छ ।
हुन त शायद र तिबरियाज ईस्लामीक ईन्डाउन्मेन्टले यस मस्जिदलाई संरक्षणका लागि नाजारेथ अदालतमा दिएको मुद्धा अहिले पनि विचाराधिन छ तथापि यस धार्मिक स्थललाई मदिरास्थल बनाउनु चाँही बिल्कुल गलत हो भनी शायद र तिबरियाज इस्लामीक ईन्डाउन्मेन्टका सचिव खैर तवारीले जनाएका छन् ।
इतिहासकार डाक्टर मुस्तफा अव्वासीका अनुसार सन् १२७६ मा बनाइएको उक्त मस्जिदको ठूलो पुरातात्वीक एवं धार्मिक महत्व छ । अल अह्मर मस्जिदको नाम नै रातो पत्थरहरु भन्ने अर्थ लाग्दछ, यस मस्जिदको कलाकौशलता बिशेष छ भनी स्थानीयहरुले पनि बताए भनी बिभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । त्यस्तै सन् १३१२ मा बनाइएको ग्रीक मस्जिदलाई पनि प्रार्थना गर्न नदिएर कला संग्राहलय बनाइएको खबर छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा