Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

समलिगीं बिवाह गरेका महिलाहरुको नेपाली कथा

७ बैशाख २०७६, शनिबार १४:००

लोकप्रिय

म र मेरि श्रीमती लेसी अमेरिकाबाट सन् २०१५ मा नेपाल फर्किने जर्मको मा लाग्यौं । अमेरिकामा हामीले बिवाह गरिसकेका थियौं र नेपालको सविंधान सन् २०१५ मा लैगींक समानता र अल्पसख्यंकहरुको लैगींक हकअधिकारको सुनिश्चय संगै हामीलाई नेपाल फर्कने आँट आयो । नेपाल आँउदा समलिगीं जोडीका कारणले कानुनी समस्या पर्नेछ भन्ने हामीले सोचेका थिएनौं । नेपाल आँउदा के गर्ने ? अधिकारको कुरा गरेर सर्वज्ञ भन्दै आउने, हाम्रो समबन्ध उजागर गर्ने या नगर्ने भन्ने कुरामा दुविधा थियो । हामीलाई थप दुविधामा पर्न मन थिएन तसर्थ हामी चुपचाप अनि साथीसाथीको समबन्ध बोकेर नेपाल आयौं । घर भाँडामा लिएर बस्यौं, घरबेटीलाई एकदिन आँट जुटाएर भनें तर वहाँले सहजताका साथ तपाईहरुको जीवन हो भन्नुभयो । नेपाली समाज कति छिटै रुपान्तरण भइसकेछ, म छक्क परें अनि खुशी लाग्यो ।

त्यो घरबेटीको प्रतिउत्तर एउटा प्रतिनिधि उत्तर थियो अब हामी घरबेटी लगायत समग्र समुदायलाई आफ्नो समबन्धका कारणले केहि लुकाउनुपर्ने अवस्थामा थिएनौं । नेपाल बसाई सहज अनि सरल हुँदै गयो । मेरि श्रिमती लेसी बिदेशी भएकी कारणले उनलाई नेपालमा ५ महिनाबढि बस्न भीसाको आवश्यक्ता थियो, हामी नन टुरिस्ट बिवाह भीसाको कागजात मिलाउन तिर लाग्यौं । आप्रवासन कार्यालयमा सबै कुरा सहज भए, केहि कर्मचारीहरुले आफु समलिगीं बिवाहका बारेमा जानकार रहेको पनि बताए, भोलीपल्ट हामीलाई सहजै भिसा दिने कुरा पनि भयो ।

हामी २ जनामा को श्रीमान र को श्रीमती बिषयमा धेरैको प्रश्न रह्यो, मेरो पासपोर्ट नयाँ बनाएर नयाँ लिगं कायम गर्दै पासपोर्ट आवेदन दिने कुरा पनि भयो । नेपालका मान्छेहरु उदार भएतापनि लैगींक आयामका कुराहरुमा उति जानकार भएको पाइन, जे होस म र मेरी श्रीमती लेसीलाई भिसाको समस्या भएन भन्ने सोच आयो ।

हाम्रो भिसाको आवेदनको कुरा पत्रपत्रिकामा दोश्रो पेजकै हेडलाइनमा प्रकाशित गरिएको रहेछ, साथीभाईले मलाई यस विषयमा मेसेज पठाएर पनि बधाई दिए । एकथरि मान्छेहरुले कमेन्ट अनि मेसेजमा मलाई बिभिन्न कुराहरुमा गाली र आरोप पनि लगाए । मेरो चित्त निकै दुख्यो जब मलाई डलरबादी र पश्चिमा विकृतीवादी भनेर आरोप लगाईयो । मलाई मेरो देशको शहरहरुका मान्छे अनि मुख्यतया युवापुस्ताहरु निकै फराकिलो सोच भएका जस्तो लागेको थियो, तर यस्तै शिक्षित अनि बुझेका जस्ता केहि थान युवाहरुले गरेका कमेन्टहरु काँढा झै बिझ्यो । म गलत रहेछु शहर र गाँउले मान्छेको सोच अलग नगराउने रहेछ अनि बुझेका युवापुस्ताले नै बुझ पचाएको जस्तो लाग्यो ।

होमोसेक्सुएलीटीलाई सामाजिक बिषयको बादबिवाद बनाइनु दु खद कुरा थियो । हामीले पछि हाम्रो भिसा आवेदनको कुरा परराष्ट्र मन्त्रालयले कानुन मन्त्रालयलाई पठाएको कुरा थाहा पायौं । यो एउटा कर्मचारीतन्त्रको नग्न नृत्य झैं लाग्यो जब नागरीकलाई आफ्नो लैगिंक पहिचानको आधारमा अधिकार दिन राष्ट्र नै डगमगाएको झैं भयो । सम्पूर्ण वैधानिक कागजात मिलाँउदा पनि हाम्रो अधिकार हामीले पाएनौं, पछि हामीले ईमिग्रेसन अफिसको विरुद्धमा नै केस फाईल गर्यौं । सर्वोच्च अदालतको रजिष्टारको अफिसले शुरुमा हाम्रो केस फाईल गर्न मानेन तर पछि एकजना समलिगींको विषय बुझेका अधिवक्ता भेट भएपछि हामीलाई सहज भयो । अदालतले ईमिग्रेसन अफिसबाट ४५ दिनभित्र कारण देखाउ पूर्जा मगायो अनि फेरि अन्य कागजात र आदेशका मितीहरु थपिँदै गए । लेस्लीको नेपाल बसाई समय सकिँदै गयो । यहाँ केसको काम हुँदै गर्दा हामी विदेश गयौं र अदालतको समय पाएपछि हामी नेपाल आयौं । अदालतको प्रथम दिन हामी दुबैलाई केहि तर्कना र डर थियो, स्थानीय चुनावका कारण हाम्रो केसलाई अर्को महिनाको सुनुवाईका लागि राखियो । बिभिन्न कारण र प्रावधान मिलाएर लेस्लीको बसाई मिलायौं र अन्तत अक्टोबर २७ सन् २०१७ मा हाम्रो केस सुनुवाई भयो । हामीले जित्यौं , खुशीका आँशु र वेदनाका फोहोरा साथै थियो त्यो पलमा ।

मलाई जीत भन्दा पनि यस देश अर्थात मेरो आफ्नो देशमा समलिगीं जोडीका रुपमा बस्न पाउनुको कुराले गर्व महसुस भएको थियो । यस यात्रामा धेरै दया अनि अपनत्व पनि थियो, तिरस्कार र पीडालाई हामी भुल्ने प्रयत्नमा छौं । लैंगिक पहिचानको आन्दोलन अनि समलिगीं अधिकार आन्दोलनमा हाम्रो एैक्यवद्धता छ, मलाई अझै पनि लाग्छ कि मेरो देश र समाज परिवर्तन हुनुपर्ने धेरै आयामहरु बाँकी छन् ।
द रेकर्डबाट सुमन पन्तको लेखाईको नेपाली अनुवाद

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा