द भ्वाइस अफ नेपालमा बैशाख १२ को स्मरण


मंशिर ३,काठमाण्डौ । संगित नै एउटा यस्तो भाषा हो जुन सारा संसारले बुझन सक्छ । संगित नै एउटा यस्तो शुत्र हो जस्ले सम्पुर्णलाई एकै धारमा बाध्न सक्छ । संगित नै एउटा यस्तो अस्त्र हो , जुन जिन्दगीका हर समय, अवस्थामा सुरक्षित महसुस गराउछ । सांगितिक आकाशमा चम्किला स्वर खोज्ने द भ्वाइस अफ नेपालका शृखंलाहरु निकै रोचक हुदै गहिरहेका छन ।

भ्वाइस को २४ औ शृखंलामा टिम दिपबाट सि डि बिजय अधिकारी, बिवेक वाइबा लामा ,एनी श्रेष्ठ तथा टिम अभया बाट बिवेक लामा,आश्रा कुँवरर अनु शाक्यले आफनो बुलन्द प्रस्तुति प्रस्तुत गरे ।

आइतबारको लाइभ राउण्डमा नेपाली आधुनिक नेपाली संगितका क्षेत्रमा बिगत चार दशक देखि त्रियाशिला रत्न दिपक खरेल अतिथिको रुपमा देखीए । तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउँदा भन्ने सदावहार गितसँगै अतिथि बाट भ्वाइस अफ नेपाल प्रतिभाहरुको खोजी गर्ने अभियानमा सफल रहेकोमा बधाई समेत ब्यक्त गरे ।

शनिबारको लाइभ राउण्डमा टिम सनुप र टिम प्रमोद बाट भोटिङ्गको लागि पठाइएका प्रतिस्पर्धी मध्ये टिम सनुपबाट कोचको टप चारमा शैलेश्वरीले स्थान जमाउन सफल रहिने भने सानिध्य थापाको भ्वाइस यात्रा यहि सम्म रह्यो । त्यसैगरी टिम प्रमोदबाट सिर्जय थपलिया सुरक्षित भए भने सुरज तामाङ्गको भ्वाइस्को यात्रा अघिल्लो राउण्डमा पुग्न असफल रहे । कार्यक्रमको पहिलो प्रस्तुति टिम दीपबाट बिबेक वाइबाको स्वरमा लोकप्रिय गीत च्याङ्गवा दाई प्रस्तुत गरे । सर्वप्रिय गायक सविन राई को यो मास्टरपीस गीत म संसार जित्ने आँट गर्दैछु भन्दै अनु शाक्यको गायनले कोचहरुको मन जित्न सफल रह्यो ।

टिम दिपबाट डम्फु बजारमा, तिमीसंग माया लाको लाखौं हजारमाू भन्दै नेपाली पोसाका सजिएर आए सि डि बिजयले आफनो प्रस्तुति प्रस्तुत गरे । टिम अभयाबाट आश्राले आफनो प्रकृति प्रमे आफनो गित मार्फत प्रस्तुत गरिन । टिम दिपबाट यानी श्रेष्ठले हामी मध्य धेरैको बाल्यकालका यादहरु बोकेको आशा भोस्लेको स्वरको यो ब्ल्याक एण्ड ह्वाइट समयको रंगिन सम्झना सहितको झझल्को भएको गीत प्रस्तुत गरिन । कार्यक्रममा अन्तिम कोसेली लाखौं मनका एक्ला राजा प्यारा वीरेन्द्र वीर विक्रम शाहदेव र तत्कालिन राजपरीवारमा समर्पित एतिहासिक तथा अत्यन्त भावुक सम्बोधन गीतलाई विवेक लामाले विनासकारी भुकम्पमा मुत्यु भएका सम्पुर्णमा सर्मपित गरे , गित गाँउदै गर्दा उनी निकै भावुक देखिए ।

यस श्रृंखलामा टिम दिपको तर्फबाट बिबेक वाइवा लामा र टिम अभयाबाट बिवेक लामा सेफ जोनमा परेका छन भन्य अन्य प्रतिस्पर्धीको यो यात्रा भोटिङ्गमा निर्भर रहेको छ । अन्य प्रतिस्पर्धीको यो यात्रा भोटिङ्गमा निर्भर रहेको छ ।


Loading comments...