
दक्षिण अफ्रिकाको प्रसिद्ध ईस्टर चर्च ढल्यो
६ बैशाख २०७६, शुक्रबार २३:२१
पेन्टेकोस्टल चर्चमा ईस्टर प्रार्थनाका लागि सैयौं मान्छेहरु दक्षिण अफ्रिकामा भेला भएका थिए जब उक्त चर्चको सरंचना एक्कासी लड्न पुग्यो । १३ जनाको भग्नावशेषमा पुरिएर मृत्यू भयो भनें सैयौं घाईते भएको खबर छ । क्वाजुलु नाताल राज्यको आकस्मीक सेवा प्रदायकहरुका अनुसार चर्चबाट २९ जना गम्भीर घाईतेहरुलाई अस्पताल लगिएको छ भनें चर्चको अवस्था निकै कोलाहल अनि पीडादायी छ ।
ईटाँको भित्ता यसरी मान्छेहरुको भींडमा खस्दा केहि मान्छेहरु सुतिरहेका पनि थिए भनें केहि प्रार्थना गर्दै थिए । हप्तौं लगाएर ईसाईहरुको वर्षभरिका धार्मिक मेलामध्य सर्वाधिक उपस्थिती रहने अनि महत्वपूर्ण भेला ईस्टरका लागि चर्चलाई तयार गरिएको थियो । तर उक्त पेन्टेकोस्टल चर्च अगाडिको ठूलो भित्ता एक्कासी लडेर भक्तजनको भीडमाथि बज्रिएको थियो । राष्ट्रपती सिरिल रामाफोसा स्वयम यस चर्चमा गतवर्ष ईस्टरका लागि जाँदा नयाँ चर्च संरचना बनाउनु पर्ने कुरा उठेको थियो तथापी गत वर्ष त्यस कामले शुरुवात पाउन सकेन ।
दक्षिण अफ्रिकाका श्रममन्त्री स्वंयम केहि समयको अन्तरमा उक्त चर्चमा जाने तयारीमा रहेको खबर थियो तर चर्चको यस दुर्घटना पछि यसवर्षको ईस्टर वियोगान्त मोडमा पुगेको छ ।
गत हप्ताको फ्रान्सको नोट्रे डामको भीषण आगलागी संगै दक्षिण अफ्रिकाको यस घटनाले पनि एउटा दुख्खद मोड दिएर गएको छ । उता जेरुसलेमको ईस्लाम धर्मावलम्वीहरुको महत्वपूर्ण तिर्थस्थलका रुपमा रहेको मस्जिदमा पनि केहि दिनअघि आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग