Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

नेविसंघ पर्साद्वारा विश्व च्याम्पियन महेश्वर महर्जन सम्मानित

७ बैशाख २०७६, शनिबार २३:३९


नेपाल विधार्थी संघ पर्साले थाईलैंडमा भएको १० औं विश्व शारीरिक सुगठन (बडी बिल्डिङ) चयम्पियनसिपमा ७५ किलो तौलमा नेपालको लागि पहिलो पटक स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

यसरी हाल विधार्थी संघको स्थापना दिवसको उपलक्ष्यमा साप्ताहिक कार्यक्रम संचालन भईरहेको छ । ने.वि. संघले हरेक बैशाख ६ गतेको दिन स्थापना दिवसको उपलक्ष्यमा माईस्थानमा दिप प्रज्वलन गरेका थियो भने आज विश्वमा नेपालको नाम चिनाउन सफल भएको श्री महेश्वर महर्जनलाई सम्मान गरेको थियो ।

नेपालमा सम्पुर्ण नेपालीको लागि र लोकतन्त्रिक गणतन्त्र स्थापित गर्नका लागि ने.वि. संघको अहम भूमिका रहेको र देशमा आईपर्ने जुनसुकै अप्ठेरो अवस्थामा ने.वि. संघले डटेर सामना गरेको छ । “देश विकास, विद्यार्थी एकता, राष्ट्रियता, लोकतन्त्र र समाजवादको नीतिलाई सम्मान गर्दै देशको सर्वांगीण विकाश गर्नेछौं” ने.वि. संघको जिल्ला संयोजक बिकाश तिवारीले मन्तव्यका क्रममा बताउनुभयो ।

नेपालको नाम विश्वमै चिनाउनको लागि महेश्वर महर्जनले विश्व बडी बिल्डिङ प्रतियोगितामा जितेको स्वर्ण पदकको सम्मानका लागि ने.वि. संघले मायाको चिनो प्रदान गर्दै अबिर फूलमाला र खादा लगाई सम्मान गरेको थियो ।

उक्त सम्मान कार्यक्रममा ने.वि. संघको जिल्ला संयोजक विकाश तिवारी युवा नेता सरोज चौरसिया, अभय कर्ण, समिर मंसूरी, सेस हजरा, त्रिलोकी साह, चंदन सहनी, रोशन सिंह, सरोज अंसारी, हरिश गुप्ता लगायतको सम्पूर्ण युवा नेताहरुले महेश्वर महर्जनलाई सम्मान गर्दै उत्तरोत्तर प्रगतीको कामना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय