Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

दिल्लिको टोलीमा आज अटाएका सन्दिप बने जीतको हिरो, गेलको विकेट सहित ३ विकेट लिन सफल

८ बैशाख २०७६, आईतवार ००:४९


दिल्ली क्यापिटल्सका लागि शुभ संकेत बनेका सन्दिप लामिछाने अटाएको आजको किंग्स ११ ले पस्किएको १६४ रनको चुनौतियुक्त खेलमा २ बल बाँकि छँदै ५ विकेटले दिल्ली विजयी भएको छ । जसमा सन्दिप लामिछानेको भूमिका विशेष रह्यो । १० को ओशतमा ४ ओभर खर्चिएर ४० रन दिएका सन्दिपले क्रिस गेल सहित ३ जनाको विकेट लिन सफल भए ।

आफ्नो पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको लज्जास्पद हारसंगै दिल्ली क्यापिटल्सको टोली आज अस्विनको टोली किंग्स ११ पञ्जाब विरुद्ध खेल्न ओर्लिएको थियो । यस अघि किंग्स ११ पञ्जाबसंगको खेल १४ रनले हार बेहोरेको दिल्लि क्यापिटल्स आज टस जितेर बलिङ गर्न ओर्लिंएसंगै ३ खेलमा बेञ्चमा बसेका विश्व क्रिकेटमा आफ्नो खेलले नाम बनाईरहेका गुगली ब्वाई सन्दिप लामिछाने दोस्रो ओभरको बलिङ गर्न ओर्लिए ।

सामुन्ने थिए केएल राहुल तथा स्टार ब्याट्समान क्रिस गेल । जुन उद्देश्यले दिल्लिले सन्दिपलाई नयाँ बल दिएर बलिङका लागि पठाएको थियो त्यो उद्देश्य उनको ओभरको चौथो बलमैं केएल राहुललाई विकेटकिपर ऋषभ पन्त मार्फत् स्टम्प आउट गराउन सफल भए । राम्रो लयमा रहेका गेल पञ्जाबको १२ औं ओभरमा ३१ बलमा ६३ रन बनाएर खेलीरहेका थिए भने उनको टिम किंग्स ११ पञ्जाब ४ विकेट गुमाएर १०६ रन जोडिसकेको थियो । अब गेलको अगाडी आफ्नो तेश्रो ओभरका साथ बलिङका लागि तयार थिए सन्दिप लामिछाने । पहिलो बलमैं गेलले सन्दिपको बललाई दर्शकदीर्घातर्फको बाटो देखाउँदै छक्का लगाए । तर गेलको ब्याटले तेश्रो बल हेर्न पाएन लगत्तै दोश्रो बलमा उनी सन्दिपको गुगलीमा फस्न पुगे र बाउण्ड्रिमा इंग्रामले क्याच जीवित राख्दै अक्षर पटेलमार्फत क्याच आउट गराउन सफल भए ।

पञ्जाबको ब्याटिङ धरासायी बनाउने क्रममा सन्दिप लामिछानेको तेश्रो सिकार बने २० वर्षिय बेलायती खेलाडी साम चुरन । सन्दिपले उनलाई एउटा आकर्षक बलमार्फत् आफै क्याच आउट गर्न सफल भए ।

ब्याटिङ मार्फत दिल्लीको जीतमा शानदार अर्ध शतक सहितको योगदान गरे ओपनर शिखर धवन तथा ४ नं. मा ब्याटिङ गर्न आएका दिल्ली क्यापिटल्सका कफ्तान श्रेयस अैयरले । धवनले ४१ बल खेल्दै ५६ रन बनाएर वेलजोनको १३.३ ओभरको बलमा अस्विनको हातबाट क्याच आउट हुन पुगे भने श्रेयस अैयर नटआउट रहँदै ४९ बलमा ५८ रन को कफ्तानी पारी खेल्दै किंग्स ११ पञ्जाब विरुद्ध जीत निकाल्न सफल भए । यस जीत संगै दिल्ली क्यापिटल्सले खेलेको १० खेलमा ६ मा जीत निकाल्दै १२ अंकको साथ इण्डियन प्रिमियर लिगको तेश्रो नं. मा रहन सफल भएको छ भने । दिल्ली क्यापिटल्स माथी नं. २ मा छ मुम्बई ईण्डियन्स भने १ नं. छ महेन्द्र सिंह धोनीको टोली चेन्नई सुपर किंग्स ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग