Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

श्रीलंकाका विभिन्न शहरहरुमा अहिलेसम्म ७ वटा ठूलो बिष्फोट, १८७ को मृत्यु

८ बैशाख २०७६, आईतवार १६:४५


श्रीलंकाका विभिन्न शहरहरुमा अहिलेसम्म ७ वटा ठूलो बिष्फोट भईसकेको छ । ईशाईहरुको ईस्टर पर्वको दिन चर्च तथा होटलहरुलाई निशाना बनाईएको बिष्फोटनमा परेर कम्तिमा १८७ जनाको मृत्यु भईसकेको पुष्टि कोलम्बो नेशनल हस्पिटले गरेको छ । अहिलेसम्मको श्रृंखलावद्ध विष्फोटबाट भने झण्डै ५०० मानिसहरु घाईते भएका छन् ।

श्रीलंकाली प्रधानमन्त्री कार्यालयबाट जारी बयान अनुसार घटनामा ९ जना विदेशी नागरीकहरु पनि परेका छन् । जसमा नेपालीहरु परेको अप्रिय खबर कतैपनि सुनिएको छैन । मृतक १८७ हरुमध्ये कोलोम्बोमा मात्र ५० जनाले ज्यान गुमाएका छन् जसलाई कोलम्बो जनरल अस्पतालले समेत पुष्टि गरिसकेको छ ।

यस बाहेक बट्टिकोलामा २५ जनाले ज्यान गुमाएका छन् । स्थानी प्रहरीका अनुसार नेगंबोमा मारीनेहरुकाो संख्या कम्तीमा पनि ५० हुन सक्छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार, श्रीलंकाको कोच्चालाईस्थित सेन्ट एन्थोनी, बट्टिकोला तथा नेगोँबो समेत तीन वटा चर्चहरुमा तथा कोलम्बो स्थित शांगरी ला स्टार, किंग्सबरी तथा सिनेमन ग्राण्ड होटल तीन वटा पाँचतारे होटलमा बिष्फोट भएका हुन् ।

कोच्चादाई स्थित सेंट एंथोनी, बट्टिकोला और नेगोंबो चर्चों, जबकि कोलंबो में शांगरी ला स्टार, किंग्सबरी, सिनेमन ग्रांड होटल तथा सांग्रिला होटलमा बिष्फोट भएका हुन् ।

फोटो स्रोतः TV9 लाईभ श्रीलंका

विष्फोटको जाँच सुरक्षा एजेन्सिले गरिरहेको कुरा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बताउनु भयो । वहाँले जनतालाई गलत समाचारहरुको पछि नलाग्न अपील समेत गर्नुभएको छ । प्रधानमन्त्री रानिल विक्रमसिंघेद्वारा तत्काल सुरक्षा मामिला सम्बन्धमा आपतकालिन बैठक बोलाईसक्नुभएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बम विष्फोटको निन्दा गर्दै ट्वीटमार्फत् दुःख व्यक्त गर्नुभएको छ । ट्वीटमा लेखिएको छः
श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटबाट भएको निर्दोष व्यक्तिहरुको हत्याले म असाध्यै दुखी भएको छु । श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे तथा यस क्रुरताको शिकारमा परेका मृतक श्रीलंकाली जनताप्रति समवेदना प्रकट गर्दछु । घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेछ गर्दछु ।


ईस्टर आईतबार ईसाई पात्रोमा एउटा ठूलो र महत्वपूर्ण पर्वको रुपमा मनाईने गरिन्छ । यस क्रममा चर्चहरुमा वृहत्त रुपमा प्रार्थनाहरुको आयोजना हुन्छन् । घटना घटेको सेन्ट एन्थोनी तथा अन्य चर्चहरुमा हज्जारौं मानिसहरु इस्टरको प्रार्थनाका लागि भेला भएका थिए ।

स्थानीय मेडियाहरुले सार्वजनिक गरेका घटनाको फुटेजहरुमा शवहरु एकमाथि अर्को थुप्रिएको देखाईएको छ ।

रेडक्रस श्रीलंकामाथी हमलाको गलत समाचारः
श्रीलंका रेडक्रसले ट्वीट मार्फत् रेडक्रस माथी पनि हमला भएको भनिएको समाचारको खण्डन समेत गरेको छ । केही स्थानीय मेडियाले श्रीलंकास्थित रेडक्रसको भवनमा समेत बिष्फोट गराईएको समाचार प्रसार गरीरहेका छन् । रेडक्रसले जनतालाई गलत सूचना प्रसार गर्न तथा प्रसारित त्यस्ता अपुष्ट समाचारबाट बच्न अपिल समेत गरेको छ ।


श्रीलंका में जबदेखि गृहयुद्ध समाप्त भयो, केही न केही नियमित हिंसाका घटनाहरु हुँदै आईरहृेका छन् । प्रशासनले अहिले स्थानीय समय अनुसार साँझको ६ बजेदेखी बिहान ६ बजेसम्म कर्फ्यू लगाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन