
श्रीलंकाको चर्चहरु बिष्फोटको परिवेश
८ बैशाख २०७६, आईतवार २०:३६
न्यूजिल्याण्डको मस्जिदमा भएका आक्रमण अनि आक्रमणकारीको कुतर्क संगै अब त बिश्वमा एकप्रकारको धर्मस्थल माथिको आक्रमणको सिलसिला त शुरु भएको हैन भन्ने प्रश्न र भय उब्जनेहरुलाई श्रीलंकाको आक्रमणले थप भय प्रदान गरिदिएको छ । आखिर किन र के का लागि यस्ता बिष्फोटहरु गराइयो त ? अझै धमिलो उत्तरहरु र अनुमान लगाउने बाहेक कुनै तथ्य भनें देखापरेको छैन ।
अपडेटः साँझसम्म श्रीलंका सरकारद्वारा जारी सूचनामा अहिलेसम्म यो बर्बर्ताको निशानामा परि ४५० जना घाईते भएका छन भने २०७ जनाले ज्यान गुमाईसकेका छन् जसमा २७ जना विदेशी नागरिकले पनि ज्यान गुमाएका छन् । यो घटनालाई श्रीलंकाली सरकारले आत्मघाती भन्दै यसको योजना विदेशमैं रचिएको थियो भनिएको छ ।
श्रीलंकाका रक्षामन्त्री आर विजयवर्धन भन्नुहुन्छ, ”यो आत्मघाती हमला हो । शंकास्पद् ७ जनालाई अहिलेसम्म हिरासतमा लिईसकिएको छ ।”
वहाँले थप्नुभयो, ”खुफिया एजेन्सिहरुबाट हामीले सम्भावित हमला बारे जानकारी पाएका थियौं तर यसअघि यो रोक्न सकिन्थ्यो, यो दुखद् घट्ना घट्न पुग्यो । यो हमलाको योजना विदेशमा रचिएको हो ।”
विश्व धर्मयूद्धको खतरामा त छैन ?
किन धर्मस्थलहरु निशानामा पर्दैछन त ?
बिभिन्न प्रश्नहरु अब बिश्वको आधुनिक कालखण्डका बिकसित मानव सभ्यताले अब सामना गर्नुपर्नेछ । अप्रिल २१ तारिखको ईस्टर प्रार्थनामा भेला भएकाहरुलाई निशाना बनाई बिभिन्न होटल र चर्चहरुमा श्रीलंकामा श्रृंखलावद्ध ८ बिष्फोट भए । २०७ जना निर्दोश श्रीलंकन तथा विदेशी नागरिकको ज्यान गएको । कोलम्बोमा ५० भन्दा बढी र कोलम्बोबाट २५० किमी पर बातिकोलोवा शहरमा २५ जनाको मृत्यु भएको पुष्टि नै भइसक्यो, मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।अब तक आठ धमाके हुए.होटल और चर्च बने निशाना
► २०७ जनाको ज्यान गयो, ४५० बढी घाईते
► कोलम्बो, नेगोम्बो तथा बट्टिकलोआमा तीन चर्चहरुमा ईस्टरको प्रार्थनाको क्रममा बिष्फोट भएका थिए
► कोलम्बोस्थित चार होटल तथा एक वन्यजन्तु अवलोकनस्थल (Zoo) नजिक बिष्फोट भएका थिए
► कुनै पनि समूह अथवा गुटले हमलाको जिम्मेवारी लिईसकेको छैन
► पुरै देशमैं कर्फ्यू लागू
#SriLankaBlasts: Security is increased at #Colombo International Airport – armed guards & detection dogs
READ MORE: https://t.co/hfBW4BLDn4 pic.twitter.com/Gtp0OhGIoS
— RT (@RT_com) April 21, 2019
अहिलेसम्म ८ वटा बिष्फोटः आठौं विष्फोटमा परेर तीनजना प्रहरी अधिकारीहरुले समेत ज्यान गुमाएका छन् । यो बिष्फोट त्यस समय भयो जुन बुला प्रहरी अधिकारीहरुले कोलम्बोको एउटा घरको खोज तलास गरीरहेका थिए । अहिले यो पत्ता लाग्न सकेको छैन की आठौं बिष्फोट बम निष्क्रिय गर्ने प्रयासका क्रममा भएको हो अथवा अरु केही कारण हो । प्रहरीका अनुसार आठौं बिष्फोटका सम्बन्धमा दुई शंकास्पदलाई पक्राउ गरीएको छ ।
कोलम्बोमो सेन्ट एन्थोनी चर्चबाट शुरु भएको बिष्फोटको सिलसिला क्रमश अर्को राजधानी बाहिरको चर्च सेन्ट सिबास्टियनमा अनि त्यसपछि बातिकोलोवा शहरमा श्रृखलावद्ध बिष्फोटहरु हुन थाले । त्यसपछि प्रधानमन्त्री निवास छेउको सिनामोन होटलमा बिष्फोट भयो । यस्ता बिष्फोट श्रृखलाका क्रमहरु चल्दै गए अनि श्रीलंकामा अहिले आपतकालकै घोषणा गएिको खबर छ । बम हमलाहरु किगंसबेरी र शाग्रिला होटलमा पनि गराइएको खबर छ । आखिर किन यूरोप देखि अमेरिका अनि एसियामा सम्म धार्मिकस्थल र प्रार्थनागृहहरु आतंकवादको निशानामा परिरहेको छ भन्ने कुराको चाँही अन्वेषण जरुरी देखिन्छ ।
निशाना बनाइएका चर्चहरु पूर्ण रुपमा ध्वस्त भएको खबर छ, तामिल टाइगर पृथकतावादीहरुको बर्बरतापूर्ण आक्रमण र आन्दोलनको क्रमबाट दशकअघि मात्र श्रीलंकाले खुल्ला अर्थतन्त्र, पर्यटन अनि पूँजीवादको अनुभव स्वतन्त्ररुपमा गरेको हो । बिदेशी लगानी, औधोगीकरण अनि आर्थिक बृद्धिमा अग्रसर देशलाई यस आतंकवादको सिलसिलाले कतै फेरि तल तान्न खोजिरहेको त छैन ?
Dashcam footage captures the moment of #Colombo church bombing#SriLankaBlasts
Plse follow @Ruptly pic.twitter.com/Pc6Jxav05Y
— Katie Hopkins (@KTHopkins) April 21, 2019
यसअघि फिलीपीन्स, घाना, इण्डोनेशीया, नाइजेरीया लगायतका देशमा छिटपुट चर्चहरु माथिको आक्रमणका घटनाहरु यस वर्ष र गत वर्ष आएका हुन तथापि श्रीलंकाका चर्चहरुमाथिको यो बर्बरतापूर्ण आक्रमणलाई चर्चहरुमा गरिएको अहिलेसम्मकै सर्वाधिक ठूलो र पीडादायी आक्रमण मानिएको छ । विश्वभरिका ईसाईहरुका लागि भनें यस महिना निकै दुस्खद रह्यो जहाँ एकातिर फा्रन्सको नोट्रेडाम जस्तो पुरातात्वीक र पवित्र तिर्थस्थलको आगलागी अनि यता श्रीलंकाका चर्चहरु माथिको आक्रमणले झनै पीडा दिएर गयो ।
श्रीलंकाको शान्ति र समृद्धिको यात्रामा यस्ता घटनाक्रम छिचोलेर अघि बढ्ने शक्ति श्रीलंकाली नागरीकलाई प्राप्त होस् ! लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको
भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई