
नेपालमा क्रिस्चियनहरुको इतिहास
९ बैशाख २०७६, सोमबार ०६:००
नेपालमा ईसाईहरुको प्राचिन इतिहासबाट आज हामी केलाउन जाँदैछौं जब गोडा दुई पादरीहरु एकिकरण अघिको नेपाली राज्यरजौटाहरु आएका थिए । एकिकरण अघिको अनि एकिकरणपछि कै नेपालमा पनि शुरुवाती दिनमा ईसाई अभियान उति भएको पाइन्न । सुस्तरि प्रजातन्त्रको प्रार्दुभाव संगै नेपालमा ईसाई धर्म विस्तारको एउटा अभियान नै चल्न थाल्यो, क्रमश हिन्दु सनातन दर्शनको एउटा उद्गम भूमिमासनातन दर्शन र रितमाथिकै प्रहार हुन थाल्यो ।
शुरुवाती दिनमा क्रिस्चियनहरुको आगमन गएर सन् १६२८ मा ठोक्कीन्छ जब लक्ष्मीनरसिंह मल्लका पालामा पोर्चुगलबाट फादर जेसुइट जुआन कार्वल आएका थिए । पाहुनाका सम्मानमा राजाले फादरलाई ताम्रपत्रसहित राजकिय आतिथ्य दिएको इतिहास छ र फादरलाई ईसाई धर्मका कुराहरु जनतासमक्ष राख्ने अनुमती पनि दिइयो । सन् १६६१ मा बेल्जियन पादरी अल्वर्ट डि र अष्ट्रेलियन जोहान गर्वर नेपाल आए तर उनीहरु लामो समय नबसेको धमीलो इतिहास छ ।
५४ वर्षसम्म नेपालमा बसेका क्यापुचिन फादर रोमबाट नेपाल सन् १७१५ मा आएका पाइन्छ, पाटन र भक्तपुर केन्द्र बनाएर यि फादरहरु नेपाल बसे र उक्त समयमा केहि नेपालीहरुलाई ईसाई पनि बनाएको तथ्य छ । तर नेपाल एकिकरणसंगै पृथ्वी नारायण शाहले सन् १७६९ मा यि फादरहरु र ५४ नयाँ नेपाली ईसाईहरुलाई देश निकाला गरि भारतको बेतिया पठाए । यि नेपाली ईसाईहरुका वशंजहरु अहिले पनि भारत बेतिया आसपास पाइन्छन् । सन् १९५० सम्म नेपालमा ईसाई मिसिनरीहरुलाई प्रतिबन्द गरिएको थियो ।
सन् १९५० को शुरुवाती ताकाबाट बिभिन्न बिकासका क्रियाकलापहरु मार्फत नेपालमा ईसाई मिसिनरीको आगमन हुन थाल्यो । शिक्षा, स्वास्थ र जनचेतनाका बिषयहरुमा क्रमश १९७० र ८० को दशकमा नेपाल छिरेका मिसिनरीहरुले चर्चहरु खोल्न र प्रार्थन गर्न गराउन शुरु गरे । सन् १९८० को दशकमा पछि राजा बिरेन्द्रको शाषनकालमा बिभिन्न चर्च सन्चालक र मिसिनरी अगुवाहरुलाई जेलसम्म हालियो तर पछि संवैधानिक राजतन्त्रको शुरुवातसंगै चर्च अनि ईसाई अभियानले नेपालमा खुल्लापन र राजनैतिक प्रश्रय पाउन थाल्यो ।
सन् २००६ को जनआन्दोलन अनि सन् २००८ को धर्मनिरपेक्षता र सन् २०१५ को भुकम्प पछि त नेपालमा मिसिनरी क्रियाकलापहरु छ्यापछ्याप्ती बढेका छन् । सरकार र नागरीक समाजबाट सनातन दर्शन अनि सभ्यता जोगाउने कुनै कार्य र कदम नहुँदा अहिले बिभिन्न एनजीओ र आइएनजीओको मार्फत नेपालमा सनातन सस्कार विरोधी अनि धार्मिक खुल्लापनाको बितण्डा नै चलिरहेको छ ।
सन् १९५१ को जनगणनामा नेपालमा ईसाईहरुको सख्याँ शून्य थियो भनें १० वर्षपछि अर्थात सन् १९६१ मा ४५८ ईसाईहरुको सख्याँ थियो । त्यसको ४० वर्षपछि सन् २००१ मा नेपालमा १ लाख २ हजार मात्र ईसाईहरु रहेको देखिन्छ । सन् २०११ मा ३७५००० ईसाई रहेको नेपालमा जनगणनाका समयमा ईसाई सख्याँलाई निकै कम आँकेको आरोप पनि चर्चका अगुवाहरुले लगाए । देशमा दशैंमा जमरा हाल्ने दिन लगायतका महत्वपूर्ण दिनहरुमा विदा कटोती हुन थालेको छ भनें प्रभुत्व बोकेर नेतृत्वहरु नै होली वाइन काण्डमा खुलेयाम हिँडेको र आशिष थापेका दृष्टान्तहरु सबैसमक्ष छ ।
धर्म आँफैमा नराम्रो हुँदैन र हामी धर्मलाई आरोप लाउने गल्ती कदापी गर्दैनौं तर देशमा विधमान गरिबी, बेरोजगारी र अल्पसख्यक सिमात्तकृत समुदायलाई मोक्ष अनि समानताको लालचमा धर्म परिवर्तन गराँउदै सनातन सभ्यता विरुद्धमा भड्काउनु क्षम्य कार्य हैन । सरोकारवाला संयन्त्रहरुको मौनता कहिलेसम्म हुने हो भविष्यले उत्तर दिनेछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै