
सन्दिपलाई आज आराम, राजिस्थान विरुद्ध बलिङमा ओर्लियो दिल्लि
९ बैशाख २०७६, सोमबार २१:१९
अघिल्ला २ वटा खेलमा बेञ्चमैं बसेका सन्दिप लामिछाने गत शनिबार भएको पञ्जाबको ३ महत्वपूर्ण विकेट सहितको जीत दर्ता गरेको दिल्ली क्यापिटल्सले अहिले भईरहेको राजिस्थान रोयल्स विरुद्धको खेलमा सन्दिपलाई आराम दिएको छ ।
खेलको प्रारम्भमैं दिल्ली क्यापिटल्सको टोली सार्वजनिक गर्दै गर्दा कमेन्टेटरहरुले समेत सन्दिपको नाम उल्लेख गर्दै भनेका थिए, “पञ्जाबविरुद्ध ३ विकेटसहित शानदार बलिङ प्रदर्शन गरेका सन्दिपलाई आज आराम दिईएको छ, दिल्लिको यो महत्वपूर्ण निर्णय हो जसमा उसले आफ्नो टिममाथी विश्वास गर्दै आफ्ना महत्वपूर्ण खेलाडीलाई आराम दियो ।”
सन्दिप लामीछानेको स्थानमा दिल्लीले क्रिस मरीसलाई टोलीमा अँटाएको छ । जयपुरको सवाई मानसिंह क्रिकेट रङशालामा भईरहेको खेलमा दिल्लिले टस जितेर राजिस्थान रोयल्सलाई ब्याटिङको निम्तो गरेको छ । ब्याटिङको निम्तो दिंदैगर्दा दिल्लीका कफ्तान श्रेयस अैयरले भने, “मेरो ब्याटिङ अर्डरमा मलाई विश्वास छ यही कारणले मैले बलिङ गर्ने निर्णय लिएँ यहाँको पिचले हाम्रो बलिङलाई साथ दिनेछ ।”
दिल्लीले शनिबार कोटला खेल मैदानमा खेलेको किंग्स ११ पञ्जाबविरुद्धको खेलमा ५ विकेटले हराउँदै अंक तालिकामा तेश्रो स्थानमा रहन सफल भएको छ भने अर्को तर्फ बलियो टोली मुम्बई इण्डियन्सलाई हराउन सफल भएको थियो । जसमा राजिस्थान रोयल्सका कफ्तान स्टिभ स्मिथले कफ्तानी पालो खेल्दै खेललाई जीतको बाटोतर्फ लान सफल भएका थिए ।
हेरौं दिल्लि टोलीको जीतको पर्याय बनेका सन्दिप बिनाको खेल कस्तो रहन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले