
दाजुभाईको दिर्घायुको लागि सामा-चकेवा
३ मंसिर २०७५, सोमबार १८:५७
बहुजाति, भाषीको साझा फुलबारी मानिने हाम्रो देश आफना मौलिक चाडपर्व,रितिरिवाज तथा संस्कृतिले भरिपुर्ण छन । विभिन्न क्षेत्रमा वसोवास गर्र्ने समुदायको आ आफनौ चाडपर्व तथा संस्कृतिहरु रहेका छन । हरेक चाडपर्वले सामाजिक सदभाव, शिष्टाचार तथा मेलमिलापको भावनालाई जोड दिइरहेको हुन्छ ।
कात्तिक शुक्ल द्धितीयाको दिन देखि कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामाचकेवा पर्वको पनि आफनो छुट्टौ प्रकारको महत्व रहेको छ । दाजुभाई र दिदिबहिनीको मायाको प्रतिकको रुपमा मानाइने पर्वको तयारी धमाधम महोत्तरी लगायतका तराईका जिल्लाहरुमा चलिरहेको छ, मैथिलानी र थारु समुदायका महिलाहरुले यस चाडपर्वलाई विशेष मनाउने गर्दछन । यो पर्वमा माटाबाट विभिन्न प्रकारका जनावर, चरा तथा जनवारहरुको मुर्तिहरु निर्माण गरि पुजापाठ गरेर मनाइदै छ । मुर्ति निर्माणका लागि भाइटिकाको दिन देखि माटो ल्याई त्यस दिन देखि नै पर्वको शुभारम्भ गरिन्छ ।
काँचो माटोबाट तयारी गरिएको मुर्तिहरुलाई सामा मानिन्छ र त्यस सामालाई आगोमा पकाएर चकेबा रुपमा मानिन्छ । यस चाडको भगवान कृष्णसँग जोडिएको छ । भगवान कृष्णले आफनो छोरी सामा लाई चरा बन्ने श्रापसँग सम्बन्धित छ । यसरी चरा भएकी आफनी दिदिलाई चराबाट मानव बनाउन खेलेको भुमिकालाई यस पर्वसँग जोडिएको छ । सामा बृन्दावनमा घुम्दै गर्दा
काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ । ऋषिहरुसँग रमिरहेको झुठो कुरा बुबा कृष्णलाई सामाकी सेवीकाले सुनाएपछि कृष्ण आवेसमा आएमा आफनी छोरी सामा र समस्त बृन्दवनका ऋषिहरुलाई चरा बन्ने श्राप दिए । आफनी दिदि चरा भएको खबर थाहा पाएपछि भाइ साम्बले दिदि चरा बनेको श्रापबाट मुक्त गराउनका लागि निकै प्रयत्न गरे । जसको लागि उनले घोर तपस्या गरे, लामो तपस्या बाट खुसी भएर कृष्ण सहित सम्पुर्ण बृन्दवनका ऋषिहरुलाई श्रापबाट मुक्त गरि पुर्ण मानवमा परिवर्तन गर्नुभयो ।
भाइले आफनी दिदिलाई श्रापबाट मुक्त गरेकोले त्यस पश्चात जसले माटोको सामा बनाएर गाँउभरमा डुलाउछन , उसका दाजुभाईको दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ । यस पर्वमा छठ पर्वको खरानादेखि माटाका विभिन्न मुर्तिहरु बनाउन शुरु गरिन्छ । त्यसदिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चराहरु बनाइन्छ जसलाई सतभैया भनिन्छ , त्यसपश्चात खररुची भैया, बाटो बहिनो, दुईवाट मुखभएका चरा, र भाग्य चक्रका कारण विमुख भएका दाजुबहिनीहरुको मुर्ति समेत बनाइन्छ । साथै ति मुर्तिहरुलाई रङगाउने कार्य समेत गरिन्छ ।
यस पर्व अबधिभर साँझको समयमा दिदिबहिनिहरुले आफनो दाजुभाईहरुको प्रंशसाका सामा गीतहरु गाउने गर्दछन । गित सँगै आफुलाई आवश्यक साम्रगी पनि गितको माध्यमबाट आफना दाजुभाईलाई सुनाउने गर्दछन ।
यस पर्वको अन्तिम दिन काक्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पुर्ण दिदिबहिनिहरुले आ आफनो घरबाट गित गाँउदै चौबाटोमा जम्मा भएर पर्वको अन्तिम रुपमा दिन्छन । यस समयमा सबैभन्दा भाईद्धारा सामा फोडेर चगुला साथै बृन्दवन जलाउने गर्दछन । साथै फुटाएका पात्रहरुलाई जमिन तथा नदी तलाउ मा गाडिने गरिनछ । घर फर्केर झुम्मरी गीत गाएर पवएको समापन गरिन्छ । उक्त पर्वमा बिभिन्न मिठा परिकारहरु खाने गरिन्छ ।
यसरी भाईले दिदिलाई मानविय चोलामा ल्याउनको लागि गरेको तपस्या तथा दिदिभाईको आत्मीयतालाई सम्झिएर मनाइने यस पर्वले टाढा टाढा रहेका दाजुभाई तथा दिदि बहिनीलाई भेटाउने उत्सबको रुपमा पनि लिइन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला