Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

फिलीपीन्सको भुकम्प मा दर्जन बढि चर्च र भवनहरु नष्ट

१० बैशाख २०७६, मंगलवार १९:२७


सोमबार २२ अप्रिलमा फिलीपीन्सलाई ६ दशमलव १ रेक्टरस्केलको भुकम्पले निकै क्षती गरेको छ । राजधानी मनिलाको उत्तरपश्चिम भूभागमा यस भुकम्पको धेरै क्षती रहेको खबर छ । स्थानीयहरु त्रसित छन् अनि एयरपोर्टमा पनि निकै क्षती भएको खबर छ । पापा नगाङ्गा जिल्लामा सबैभन्दा धेरै क्षती भएको खबर छ जहाँ ११ जनाको मृत्यु भएको र सैयौं हताहत भएका छन् । उक्त भुकम्प पछि ४०० भन्दा धेरै पटक पराकम्प गएको खबर छ । पोराक शहरमा लडेको भवनमा रहेका ३० जना मान्छेहरु निकाल्न क्रेन र अन्य संयन्त्रको प्रयोग गरिँदै छ । केहि शतकअघि देखिका चर्चहरुमा पनि निकै क्षतीपुग्नुको साथै ईस्टरको प्रार्थना गरिरहेका भक्तजनमा भागदौड मच्चिएको पनि खबर छ ।

१८ औं शताब्दीको सेन्ट क्याथरिन एलेक्जेण्डा चर्च नष्ट भएको छ भनी अलजजिराले उक्त चर्चका पादरीलाई उद्धत गर्दै लेखेको छ ।

प्रशान्त महासागरको किनारमा अवस्थित फिलीपीन्स भुकम्पको जोखिममा धेरै नै रहेको भुगर्वशास्त्रीहरुको अध्ययनले देखाँउदछ, सन् २०१३ को अक्टोबरमा मात्र ७ दशमलव १ रेक्टरस्केलको भुकम्पले २२० जनाको मृत्यु भएको थियो । सन् १९९० को जुलाईमा ७ दशमलव ८ रेक्टरस्केलको भुकम्पले फिलीपीन्समा २४०० मान्छेको ज्यान गएको थियो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग