Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

श्रीलंकाका मुसलमानहरुको बढ्दो भय

११ बैशाख २०७६, बुधबार १६:५९


३५९ जनाको मृत्यू गराउने बम आक्रमण पश्चात श्रीलंकामा एकप्रकारको त्रास छ । यस त्रासको सर्वाधिक असर भनें अल्सख्यंक मुसलमान समुदायमा परेको बताइन्छ । उनीहरुका अनुसार अब श्रीलंकामा मुसलमान समुदाय जोखिममा रहेको र सुरक्षा खतराको अनुभव गर्न थालेका छन् । गतहप्ताको बम आक्रमणमा अधिकांश ईसाई धर्म मान्नेहरुको मृत्यू भएको र चर्च र ठूला होटल केन्द्रित आक्रमण संगै मुसलमान समुदाय अव्यक्त भयको चपेटामा परेका हुन् । यस अघि पनि श्रीलंकाका पहाडी ईलाकाहरुमा ईसाई र ईस्लाम धर्मावम्बीहरुमा केहि झगडा र हमलाका कुराहरु नभएका भनें हैन ।

अलजजिराको रिपोर्टका अनुसार कोलम्बोमा बस्ने मुसलमान मोहम्मद हसनले उक्त आक्रमण पछि एकफेर पनि घरबाहिर निस्केका छैनन । उनी प्रेसमा प्रिन्ट गर्ने काम गर्दछन तर ४१ बर्षिय हसनलाई परिवारले बाहिर ननिस्कन भनेपछि उनी घरमै बसेका हुन ।
अझ श्रीलंकाको आक्रमणको जिम्मेवारी अहिले ईराकमा आधारित आइसील जस्को पूर्व नाम आइसीस रहेको थियो, उनीहरुले लिएका छन् । तथापी यसको प्रमाण पुष्टि भनें भएको छैन । न्यूजिल्याण्डमा भएको मस्जिदमाथिको आक्रमणको प्रतिकार बताए पनि यस आक्रमणमा आइसीलको संलग्नता पुष्टि नभएको खबर छ । तथापी आईसीलको यस अभिव्यक्तिसंगै श्रीलंकाका मुसलमान समुदायको भय भनें चुलिएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन