Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

आज हरिबोधीनी एकादशी

३ मंसिर २०७५, सोमबार २०:०६


आजको यस दिनलाइ कात्तिक शुक्ल पक्षको एकादशी, हरिवोधनी एकादशी अथवा ठुलो एकादशीको नामले पनि चिनीन्छ । वर्ष भरिका चौविस एकादशी मध्ये यस दिनलाइ सनातन धर्ममा निकै महत्वपुर्ण दिनको रुपमा लिइन्छ । यस दिनमा भक्तजनहरु हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीको मठमा गोवर र रातो माटोले लिपेर सिंगारी तुलसीको विरुवालाइ विशेष पुजा आजा गरी तुलसीको विवाह उत्सव गरिन्छ । त्यसैगरी भजन किर्तन तथा नाचगान गरी नदि माथी बावियोको लठ्ठोमा फुल तार्ने कार्य पनि गरिन्छ । उक्त लठ्ठोलाइ फुलमालाले विशेष सजावट गरि देवीलाइ आवस्यक पर्ने समानहरु बाँधीन्छ र नदीको वारीबाट पारी सम्म पुर्याइन्छ ।
चार महिना अघि आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीको दिनमा तुलसी रोपण कार्य गरि भएको चर्तुमासको आरम्भ आजको दिन तुलसीको विवाह गरी फुलमाला सहितको लठ्ठो तारेपछि समाप्त हुने गर्दछ । यस समयाबधिमा भगवान विष्णु निन्द्रामा हुने र कार्यको फल प्राप्ती नहुने भएकाले विवाह, बर्तबन्ध, गृह प्रवेश, आदी मांगलिक कार्यहरु गरिँदैन । 
हरिशयनी एकादशीको दिनमा क्षीर सागरमा शयन गरेका विष्णु भगवान हरिबोधनी एकादशीको दिनमा उठ्नुहुने कुरा पुराणहरुमा पाइन्छ । त्यसैले पनि यस दिनलाइ हरिबोधीनी एकादशी भन्ने गरिन्छ । स्कन्द पुराणका अनुशार शंखचुण्ड जालन्धर नाम गरेका एक पापिष्टकी पत्नी थिईन् । तुलसीको सतित्वका कारण देवताहरु जालन्धरलाइ मार्न सक्ने अवस्थामा थिएनन् । यहि समयमा भगवान विष्णुले आफ्नो रुप बदलेर जालन्धर रुप धारण गरि तुलसीको पतिब्रता नष्ट गरिदिए जसका प्रभावले भगवान शिवले पापिष्ट जालन्धर माथि विजय प्राप्त गरी देवताहरुलाइ न्याय दिलाएका थिए ।

जब तुलसीलाई यो थाहा भयो तब उनले भगवान विष्णुलाई ढुँगा हुन परोस् भनी श्राप दिईन । भगवान विष्णुले तुलसीको श्राप मानेर नदी किनारमा गएर शालिग्राम भएर रहे । तुलसीले पृथ्वीका मानिसले तिम्रो र मेरो विवाह गरुन, जसबाट उनीहरुलाई पून्य लाभ हुनेछ भनेकाले अहिले पनि तुलसी र शालिग्रामको विवाह हुने गरेको बताईन्छ ।

तुलसीको विरुवाले ८५ भन्दा बढि रोगहरुको औषधी बनाउन सकिने भएकाले यसलाइ आर्युबैदिकहरुले पनि महत्वपुर्ण विरुवाको रुपमा लिने गर्दछन । यसले मनिसमा भोक जगाउने, झाडा बान्ता रोक्ने, नाक कान घाँटीको लागि औषधी हुने कुरा पनि बताइएको छ । ४०० मिटर सम्म सुगन्ध फैलाउन सक्ने तुलसीको विरुवाले सवै भन्दा धेरै अक्सीजन पैदा गर्न सक्ने र रात्रीको समयमा पनि अक्सीजन फाल्ने एकमात्र विरुवा हो । मानिसहरु विहानै उठेर तुलसीलाइ जल चढाउनाले पुण्य प्राप्ती हुने तथा मृत्युको समयमा तुलसीको मोठ नजिक शयन गराएमा स्वर्गमा पुगिन्छ भन्ने पनि विश्वास गर्दछन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा