
प्लटिङ्गले सार्वजनिक जग्गामा बार लगाएपछी स्थानीयद्वारा प्रतिकार
१२ बैशाख २०७६, बिहीबार ११:१९
देशभर सार्वजनिक जग्गा व्यक्तिको नाममा भएकोमा बिरोध भइरहदा ललितपुर धापाखेलवासीहरुले सार्वजनिक जग्गामा अतिक्रमण गरेर लगाएको बार भत्काएका छन । उक्त बार सि.जि. प्रपर्टिजले ले सार्वजनिक जग्गामा अतिक्रमण गरेर लगाएको थियो । साविकको धापाखेल ८ ख र ९ ख मा पर्ने कित्ता नं.४१, ३८ ७९ र ५८ मा करिव २८ आना जग्गामा सि.जि. प्रपर्टिजले बार लगाएको थियो । अहिले यो ठाँउ ललितपुर महानगरपालिका वडा नं. २४ मा पर्छ ।
स्थानीय टोल सुधार समितिको निर्णय अनुसार उक्त बार भत्काईएको स्थानीयको भनाइ छ । साविकको सार्वनजिक जग्गाभन्दा तल गहिरो र खोचमा सट्टा दिन लागेको भन्दै स्थानीय बासिन्दाहरुले निरन्तर विरोध गर्दै आएका थिए । कम्पनीले यी पर्ती जग्गाको साटो काम नलाग्ने खाल्टो ठाँउमा सट्टा जग्गा दिन प्रकृया अघि बढाउदै सि.जि. प्रपर्टिजले बार लगाएको थियो ।
सि.जि. प्रपर्टिजललाई फाइदा पुग्ने हिसावले वडाध्यक्ष दिनेश कार्कीले २०७५ अषाढ २२ गते जग्गा साट्न सिफारिस दिएको मखुण्डोल टोल सुधार समितीका अध्यक्ष नबीनकुमाार खड्काले वताए । उनले भने ‘वावु वाजेले जोगाएर राखेको सार्वजनिक जग्गामा एउटा कम्पनीले चाइयो भन्दैमा दिन सकिदैन ।’
मखुण्डोल टोल सुधार समितीका सचिव वेदनाथ दाहाल आनाको पच्चिस लाख जाने राम्रो जग्गा चौधरी ग्रुपलाई दिएर दुई लाख जाने जग्गा लिन गाउलेहरु नजाने वताए ।
स्थानीय उद्धव दाहालले भने,‘हामी जनता अड्डा अदालत कतै जान सक्दैनौं । उसले कागजमा बनाउला । हामी फिल्डमा बनाउन दिदैनौं । सधै भत्काइ रहन्छौं ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको