Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

बुद्धले आफ्ना भिक्षुलाई किन बेश्यालय पठाए ? भाग २

१६ बैशाख २०७६, सोमबार ०६:१२


३ महिनापछि उक्त भिक्षु एकजना महिलाका साथ आश्रममा फर्कन्छन् । उक्त महिला यौनकर्मी भएकाले आश्रम अब प्रदुषित हुने भनेंर अन्य भिक्षुहरुले कुरा समेत काट्न थालेका हुन्छन् । गौतम बुद्धले सहजै भन्नुहुन्छ कि शिष्य तिमीहरुको आश्रमको पवित्रताको चिन्ताले मलाई केहि फरक पर्दैन, जब यो घाम, पानी, आकाशले त मान्छे मान्छेमा भेदभाव गर्दैन भनें म को हुँ र यि महिलालाई मेरो आश्रममा आउन बाट रोक्ने, समानताको यो उत्तर सुनेर अरु भिक्षुहरु चुप लाग्दछन् ।

अब बुद्धले ति यौनकर्मी महिलालाई सोध के सोध्न तिमी यहाँसम्म आएकी हौ भनी प्रश्न गर्नुहुन्छ ?

महिलाको प्रश्न यसप्रकार हुन्छः
बुद्ध तपाँईको आश्रम टेकेर मैले भुल गरें या पाप त्यो मलाई थाहा छैन तर मलाई यसअघि मेरो रुप र जोबनमा धेरै घमण्ड थियो । मलाई लागेको थियो कि मेरो बैंस र रुपको मातमा यहाँको शिष्य र सिकाईलाई सहजै मात खुवाउनेछु र घुँडा टेकाउनेछु भन्ने तर म हार खाएँ । मैले यि ३ महिनामा धेरै शान्ति र शिक्षा भगं गराउने प्रयास गरें तर यिनी विचलीत भएनन्, यिनी आँफैमा मग्न थिए । मैले कति प्रयास गरें, नृत्य, संगीत लगायत सबै प्रयत्नहरु हार खाए तर यि भिक्षु उस्तै शान्त र सौम्य थिए । यिनको यो सोम्यताले मेरो गुमान चुरचुर भयो बुद्ध, म हारें । अब म पनि यहाँको शिक्षा लिएर यस्तै सोम्यता र शान्तिमा आफ्नो जीवन गुजार्न अनि शान्तिको खोज गर्न चाहन्छु ।
यति भनेंपछि उनी चुप लागिन, केहि बेरमा गौतम बुद्धले बोलेको सुनियो ।
हाँस्दै बुद्धले भनें
ल आजबाट तिमी मेरी शिष्या हौ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

बुद्धले आफ्ना भिक्षुलाई किन बेश्यालय पठाए ? भाग १

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले