श्रीलंकाको बम आक्रमण पछाडीका केहि कारणहरु


३५९ जनाको ज्यान जाने बम हमलाको बिषयमा लंकाको इन्टेलिजेन्सले थाहा पाएर पनि केहि गर्न नसकेको भन्ने तथ्यहरु आइरहँदा अहिले श्रीलंकाको सुरक्षासंयन्त्रको नै बडो आलोचना हुन थालेको छ । आक्रमणको केहि दिनअघि नै प्रहरी प्रमुखले सरकार र संयन्त्रका सबै सुरक्षा सम्बन्धी निकायलाई पठाएको एउटा मेमोको कुरा खुल्न आएको छ । घटनाको केहि दिनअघि प्रहरी प्रमुखले पठाएको मेमो मा नेशनल तोहजीद जमात नामक मुसलमान संगठनले कोम्बो आसपासका चर्च अनि केहि क्षेत्रमा कम हमलाको तयारी गरेको खबर र अलर्ट अलार्म छ । अप्रिल २४ मा तोहजीद जमातका नेता र आइसीलका नेताहरु मिलेर एउटा भिडियो रिलिज गर्दै उक्त आक्रमणको जिम्मा लिएको घोषणा गरेका छन् । श्रीलंकामा बसोवास गर्ने मुसलमान नेता जहरान हास्मी यस भिडियोमा देखिन्छन् ।

उक्त मेमोमा चर्चहरुको संभावित ठाँउ, होटल क्षेत्र, संदिग्धको नाम र फोनहरुपनि समावेश गरिएको र जानकारीहरु एक हप्ता अघि श्रीलंकामा आएका भारतीय इन्टेलिजेन्सका गुप्चरहरुको सुराकी र खोज रहेको बताइन्छ । तर श्रीलंकाको सुरक्षा संयन्त्रको लापरवाही र नजरअन्दाजका कारणले यत्रो ठूलो दुर्घटना भएको श्रीलंकाको सुरक्षा संयन्त्रलाई चौतर्फी आरोप छ । जब आक्रमण भयो तब श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुबैले यस सुरक्षा चुनौति र मेमोका बारेमा केहि थाहा नपाएको बताए ।

राष्ट्रपति मैथिपाला स्रिसेना र प्रधानमन्त्री रानील विक्रमसिंगे दुबैजना अर्का प्रभावशाली नेता महेन्द्र राजापाक्षलाई सन् २०१५ को चुनावमा हराउन निकै सक्रिय थिए तर त्यसपछि यि दुबै तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिको समबन्ध बिग्रिएको भनी अलजजिराले लेखेको छ । गत अक्टोबरमा नै स्रिसेनाले रानल विक्रसिंगेलाई संवैधानीक संक्रमणकाल भनी जेल हाल्न खोजेका थिएर तर पछि अदालत अनि संसदले त्यस कार्यलाई रोकिदियो । यसपछि अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिको समबन्ध झनै चिसिएको बिभिन्न श्रीलंकाकै मिडियाहरुले समयसमयमा लेख्दै आएका छन् ।

श्रीलंकाका आर्मीका कमाण्डर ईन चीफ, हेड अफ डिफेन्स स्रिसेना अर्थात अहिलेको राष्ट्रपतिलाई नै प्रहरी प्रमुखको मेमोका बारेमा थाहा नहुनु अचम्म छ । उता प्रधानमन्त्री विक्रमसिंगे त झनै आफूलाई अक्टोबरदेखि नै कुनै सुरक्षा ब्रिफ नभएको र आफूलाई अक्टोबरको घटनापछि राष्ट्रपती समर्थन गर्ने जत्थाले हरेकप्रकारका ब्रिफ र निर्णय लिने स्थानमा बिभेद गरिएको भएकाले यस बिषयमा आफू अनभिज्ञ रहेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको यस तानातानीमा श्रीलंकाको सुरक्षा अवस्था डामाडोल भएको भनें स्पष्ट हुन थालेको छ ।
संघीय रक्षा मन्त्री विजवर्दनेले यस आक्रमणको जिम्मा सरकारले नै लिनुपर्ने तर्क अघि सारेका छन् । अहिले श्रीलंकामा सेनाको शाषन झैं छ र आपतकाल घोषणा गरिएको छ । अहिलेसम्म ६० जना संदिग्द अपराधी प्रहरीहरुले समातेएका र ३२ जनालाई कण्टडीमै राखेर अनुसन्धान चलिरहेको खबर छ । प्रहरीका प्रवत्ता रोहन गुनासेकाराले आक्रमणमा ९ जना आत्मघाती बम्बरहरु रहेको जनाएका छन् । फेरि अर्कोतर्फ आक्रमणमा मुसलमान समुदाय सम्बद्ध संस्था रहेको भिडियो सार्वजनिक भएपछि श्रीलंकाका अल्पसख्यक मुसलमान समुदायको भय अनि त्रास बढेर गएको बताइन्छ । यस आक्रमणले श्रीलंकामा जातिय यूद्ध र वैमनस्यताको बिजारोपण त गरेको छैन ?
बिभिन्न प्रश्नहरु अझै छन् । लाइभमाण्डु

यो पनि पढ्नुहोस् 


Loading comments...