रमेश भाइ त्यो दिन शहरबाट धुलो मात्र उडेको थियो ।


प्रिय रमेश भाइ
जहाँ छौ, आनन्दले बस है

तिमी र धरहरा एकै दिन वित्यौ, म लगायत धेरै साथीहरुले तिम्रो फेसबुक वालमा रेस्ट ईन पिसको सन्देश लेख्यौ, आशा छ तिमीले शान्ती पायौ होला । मलाई अझै पनि २०७२ सालको त्यो बैशाख १२ को चिसो दिन याद छ अनि त्यो कम्पन्, उफ कति त्रासदीपूर्ण थियो त्यो दिन, तिमीलाई पनि त्यही निष्ठुरी दिनले हामीबाट चुँडेर लग्यो, आज चौथो वार्षिकीमा तिमी अनि तिमीजस्ता वितेका ९ हजार अन्य लगायत लडेका घर अनि भताभुगं भएका सपनालाई संझन चाहदैछु ।

संझदै जिरिगं हुन्छ, ती लडेका घरहरु भित्रका सपनाका खातहरु अनि सपना देख्नेका लाशहरुको तस्वीरले । तिमी धरहरा चढ्न पुगेका रहेछौ त्यो दिन, कसो कसो ? धरहरा, भिमसेन थापाले बनाएका अनि जगं वहादुरले हामफालेका सम्मको कथा वोकेको आधुनिक नेपाली ईतिहासको एउटा धरोहर । राणाकाल विरुद्धको आन्दोलन देखि राजा हटाउने आन्दोलनसम्म धरहराले देखेको थियो, सिँगारिएर चिरिच्याट्ट पारिएको धरहरा तरुनो देखिन्थ्यो तर फगत रगं लगाएर कपाल कालो पारिएको अनि नक्कली दाँत हालेको बुढो मान्छेको तरुनो नियती जस्तो धरहराले आफ्नो बुढेसकालमा त्यो कम्पन सहन सकेन् । तिमीजस्ता सैयौ धरोहर यात्रीलाई साथै लिएर लडेको धरहरा म भुईचालो गएको केही घन्टा भित्र दौडदै आईपुग्दा लडिसकेको थियो, एउटो टुक्रो देखिन्थ्यो, थकित धरोहराको अवशेष ।

रमेश भाइ, तिम्री आमा अझै पनि झापामा तिमीलाई संझना गर्दै रुनुहुन्छ, संयोगले असंयोग गर्यो, आँशु अझै थामिन्न । म त गाँउ जाँदा तिम्रो घर पस्ने आँट पनि आँउदैन, आमाको आँशुको जवाफ न त समयसँग छ न त मसँग । पहिले त तिम्रो झापाको घर गाँउ विकास समितीमा थियो अब त कुन्नी के हो, गाँउपालिकामा परेको छ अरे, मैले नि बुझ्न सकेको छैन है ।

रमेश भाइ काठमाडौ मात्र नभई धादिङ, गोर्खा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायत थुप्रै जिल्लाहरुलाई भुईचालोले हल्लायो, बेस्सरी । दोलखा त झन जर्जर बनायो, सिँगटी भन्ने गाँउ त हराएरै गयो, म गएको थिए एकफेर सिँगटी अब संझनामा छन्, सिँगटी, तिमी र धरहरा ।
काष्ठमण्डप भित्र रक्तदान भईरहँदा त्यहा धेरै रक्तदाता सहित समाजसेवीहरु पनि पुरिए, कति प्रेम जोडिहरु लगायत अनगिन्ती परिवारका सदस्यहरु, यता रगत बग्यो उता आँशु ।

काठमाण्डौका तिनै दरवार स्क्वाएरहरु क्षतबिक्षत छन्, अझै बन्न सकेका छैनन भनौ या बन्दैछन भनौ म दोधारमै छु । देशमा बैशाख ३१ मा स्थानिय निकायको चुनाव भयो, रमेश भाइ त्यसपछि स्थानिय विकासले फड्को मार्दै छ । रमेश भाइ भुईचालो जाँदा म शहर माथी थिए, शनिवार घुम्न गएको । एक्कासी हल्लायो, पहिले त मैले ठम्याउनै सकिन, पछी मात्र ठम्याए । म खुल्ला ठाँउमा भएर त त्यस्तो आतेश लाग्यो तिमीलाई धरहरा भित्र झन कति सकस भयो होला । भुईचालोपछी शहरबाट आकाशमा केवल धुलो उडेको थियो, त्यो धुलोमा तिमी पनि उडेका रछौ, मैले पछी थाहा पाए ।

तिम्रो विदेश जाने रहर अधुरो भयो अनि मेरो तिमीलाई भेट्ने । खैर ति रहरका त के कुरा गर्नु रमेश भाइ, भुईचालोले घरबार लडाएपछी बल्लतल्ल त्रिपाल मुनी छानो पाएकाहरुले त्यही त्रिपाल मुनी दुईवटा हिँउद र बर्खा बिताईसके, त्रिपाल मक्कीन थालेपनि समबन्धीत निकाय मौन छन् । उपचारका लागी विदेश जाने नेताहरुको लाम बढेर अ‍ैचाईनसक्नु भईसक्यो तर त्रिपालले हिँउदको सिरेटो खपेकाहरुको झिनो आवाज पनि सदन सम्म पुग्न सकेको छैन् । तिमी जुन धरहारामा च्यापियौ नि रमेश भाइ हो त्यही धरहरा बनाउने भिमसेन थापाकी श्रीमती सतीले सरापेको थिईन रे, शायद त्यस पछी नै होला सरकारले निमुखाको कुरा सुन्ने बखत यो देशमा कानमा तेल हालेर बस्ने चलन भएको ।

रमेश भाइ भुईचालो गए पनि त्यसले दिएका चोटहरु अझै आला छन्, त्यसपछी राहतको नाममा धर्म साटियो, भोकै पेट बस्नु भन्दा धर्म बेच्नु ठिक मान्नेहरु पनि गलत छैनन, आखिर सरकार मौन बस्ने चलन नेपालमा के नौलो हो र ?

चाउचाउ र बिस्कुटको मनग्यै ब्यापार बढ्यो त्यसपछी, अनि राहतको नाउँमा चाउचाउ र बिस्कुट अनि मिनरल वाटरसँगै सेल्फी खिच्नेको जमात नै बढ्यो । मैले त्यसो गरिन रमेश भाइ, काठमाण्डौ अचम्मको शहर रहेछ, यहाँ भुईचालो पछी आकाशमा धुलो उड्यो अनि केहीदिनमै बिलाए यहाँका पहरेदारहरु । भुईचालो आएको केही दिनमै यो शहर रित्तियो, मलाई लाग्छ त्यतिवेला चाँही काठमाण्डौलाई मान्छे चाहिएको थियो तर अफसोच सबैजना बग्रेल्ती भागे । उतिबेला शहरमा मान्छे थिएनन्, चोक चौराहमा दिँउसै शुन्यता थियो । आज फेरि शहर खचाखच भरिएको छ, तिमीले काम गर्ने पसलमा नयाँ भाइ कामदार भएर आएको पनि १ वर्ष हुन आँट्यो, मान्छेले फेरि भुईचालो बिर्सिन थालिसके तर मैले तिमीलाई बिर्सन सकिन रमेश भाई । तिमी अनि त्यसदिन बिदा भएका हजारौ नेपालीहरुलाई म मनबाटै यो दिप प्रज्वलन गरेर संझना गर्छु ।
फेरि जन्म लियौ भने नेपालै आउ है, रमेश भाइ

मोफसलका दाजु
सुयोग ढकाल


Loading comments...