
श्रीलंकामा फेरि बम बिष्फोट
१२ बैशाख २०७६, बिहीबार १२:५२
कोलम्बोभन्दा ४० किमी पूर्वमा पुगोडा शहरमा भर्खरै बम बिष्फोटका आवाजहरु सुनिएको छ । पुगोडाको अदालत अगाडिको कवाडी कारखानामा यी बिष्फोट भएको प्रारम्भिक अनुमान छ तथापी पुष्टि हुन बाँकी भएको रिउटरसले लेखेको छ ।
प्रहरी प्रमुख रुवान गुनासेकराले यी बिष्फोटहरु पहिलेका जस्ता नभएका भनी जानकारी दिएका छन् र मानविय क्षतीको बिवरण पनि नआएको बताइन्छ । श्रीलंकामा गत हप्ताको चर्चहरु माथिको आक्रमणमा ३५९ जनाले व्यान गुमाएका छन् भनें हमलाको जिम्मा मुसलमान आतंकवादी संगठन आईसीलले लिएको छ ।
चर्च र होटल हमलापछि सरकारी संयन्त्रले सुरक्षा ईन्टेलिजेन्समा भएको आफ्नो कमजोरी स्वीकारेको पनि बताएका छन् । प्रहरीका अनुसार ९ जना आत्मघाती बम हमलावरले ति बिष्फोट गराएका हुन् । आजको यस धमाकाले मानविय क्षती नगराएपनि श्रीलंकाको सुरक्षामा थप प्रश्नचिह्न भनें उठाएको छ । के श्रीलंका साँच्चै सुरक्षित छ या हुनसक्छ ?
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन