Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सुनसरी रामधुनीको झुम्का स्थित “सल्हेश माता” सिरुवा मेला लाग्दै

१३ बैशाख २०७६, शुक्रबार ०६:०३


झुम्का,बैशाख १०। रामधुनी वडा नं. १ झुम्का स्थित प्रत्येक बर्ष बैशाख ९ गते सिरुवामेला लाग्ने गरेको छ । झुम्काको हाटखोला स्थित दुर्गा मन्दिर पुर्व छेउमा सल्हेश माता देविको पुजा अर्चना गर्दै सिरुवा मेला लाग्दै आएको हो ।

भक्तिभाव र बिश्वासले सल्हेश देबिले घरपरिवारमा सुख शान्ति राखुन भन्दै भाकल चढाउने प्रचलन रहेको पुजारी तथा धामि रक्सु चौधरीले बताए । सल्हेश मन्दिरमा मेलाको एकदिन अगाडी देखि पुजा गर्ने नियम रहेको धामिले बताए । मेला लाग्ने एक दिन अगावैे राती जाग्राम बसि भोली बिहानबाट थारु लोक तथा धार्मिक अनुसार पौरानिक गीत गाउदै भजन किर्त गर्ने गरेका छन् । मेलाको दिन बिहानै देखि थारु संस्कारमा रहेको झाईल र मृदङ्ग बजाउदै सल्हेशकै पौराणिक गीत गाउने प्रचलन रहेको छ ।

त्यसैगरी झुम्कामै बैशाख १३ गते डाकिन देविको पुजा अर्चना गर्दै डाकिन थान सिरुवा मेला लाग्ने गरेको छ । सो डाकिन थानमा धामि रक्सु चौधरीलेनै पुजागर्ने गरेका छन् । यस थानमा डाकिन मातालाई भाकल अनुसार पानपर्सादि चडाईने गरेको पुजारी चौधरीले जानकारी दिए ।

सुनिल चौधरी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै