श्रीलंकामा ईस्टर हमलामा मारिनेको सख्याँ घट्यो


श्रीलंकाली सुरक्षा संयन्त्रहरुले ईस्टर हमलामा ३५९ जना मारिएको तथ्य सार्वजनिक गरेका थिए तर अहिले आएर श्रीलंकाका सम्बन्धीत एजेन्सीले मृतकको सख्याँ १०० जनाले घटेको तथ्य सार्वजनिक गरेका हुन् । छरिएका शवका टुक्राहरु र अवशेषहरु हेरेर मृतकको यकिन गरिँदा एकै वटा शवका २ वा बढी टुक्राहरु पनि गनिएको भएकाले यस्तो भएको श्रलंकाली सुरक्षा पदाधिकारीहरुको भनाई छ ।
३५९ जना मारिएको तथ्य अब घटेर २५३ मा झरेको छ, श्रीलंकाली स्वास्थ मन्त्रालयको बिज्ञप्तीमा भनिएको छ ।

अहिले सबै शवका टुक्राहरुको अटोप्सी र क्रस रिफरेन्स डीएनए परीक्षणमात्र यकिन गरेर मृतकको सख्याँ तोक्न सकिएको जनाइएको छ । श्रीलंकाली एजेन्सीहरु स्थानीय मुसलमान समुह नेशनल तोहिद जमात र जमाईयाथुल मिथालु ई्राहिमलाई यस आक्रमणको जिम्मेवार ठहर्याएको छ र यस्का साथै अन्तराष्ट्रिय आतंकवादी संगठन आईसील ले त यस काण्डको जिम्मेवारी नै लिएर भिडियो समेत पठाएको छ ।
७० जना शंकस्पद व्यक्तिहरुलाई गिरफ्तार गरिएको छ र यस्मध्य एकजना श्रीलंकाकै सर्वाधिक धनी मसला व्यापारी पनि रहेका छन् । यि व्यापारीका ३ जना छोराहरु यस आक्रमणमा आत्मघाती हमलावरका रुपमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जनाइन्छ ।


Loading comments...