dr kalyan subedi

रक्सीको लतको उपचार कसरी गर्ने ? अचानक रक्सि छोड्दा के समस्या आउन सक्छ ?


1. Alcoholic कसलाई भन्ने ?
यदी तपाईं कुनैपनि खुसियाली (जस्तै: बिबाह, शुभ-समारोह, भोज-भतेर, जन्मदिन…), वा कुनैपनि दुखद छण (जस्तै: असफल सम्बन्ध, आत्मियको देहान्त, भौतिक तथा मानसिक पिडा….), वा अरुको लह-लहैमा (peer pressure) मा लागेर रक्सी (Alcohol) खान सुरु गर्नु हुन्छ तर रोक्न सक्ने क्षमता (will power) तपाइमा छैन भने तपाइलाई Alcoholic भनिन्छ l Alcoholic हुनको लागि दिनदिनै रक्सि सेवन गर्नु जरुरी छैन l तपाइलाई माथिको व्याख्याले झन् भ्रमित (confused) पार्यो भने यो तलको चार मापदण्ड (criteria) पढ्नुहोस् l यसलाई CAGE Criteria भनिन्छ l यहाँ तलको सबै criteria हरु गत एक-तीन महिनामा भएको हुनु पर्छ l

C = Cut Down = कम्तिमा १ पटक, अब देखि कम रक्सि खानुपर्छ जस्तो लाग्नु
A = Annoyed = कम्तिमा १पटक, अरुले आफ्नो रक्सि खाने बानी देखेर रिसाउनु/गाली गर्नु
G = Guilty = कम्तिमा १ पटक, रक्सि खाएकोमा खेद ब्यक्त गर्नु
E = Eye Opener = कम्तिमा १ पटक, रक्सि खाएर सुतेर उठ्ने भित्तिकै hangover हटाउनको लागि रक्सि खानु वा खान मन लाग्नु

2. रक्सीले शरीरमा कस्तो असर गर्छ?
– लामो समय सम्मको रक्सीको प्रयोगले शरीरमा पार्न सक्ने समस्याहरु :
१. कलेजो (Liver) : Steatosis or fatty liver, Alcoholic hepatitis, Fibrosis, Cirrhosis

२. दिमाग (Brain) : रक्सि खाएको केहि छिनमै पार्ने समस्याहरु
शरीरमा (रगतमा) रक्सीको मात्रा लगभग BAC 0.02% देखि 0.2% जति पुग्दा :
-दृष्टिमा समस्या, नजिक र टाढा छुट्याउन गाह्रो, उठेर राम्रोसंग हिड्न गाह्रोl आवस्येक सहि निर्णय गर्ने वा इच्छा, चाहना, मुर्ख्याई आदिलाई नियंत्रणमा राख्ने दिमागको भागले कामगर्न छाड्ने (loss of inhibition);

*शरीरमा (रगतमा) रक्सीको मात्रा लगभग BAC 0.2% भन्दा माथि भएमा :
– उभिन नसक्ने, कपडामै पिसाब फेर्ने, बान्ता गर्ने र बान्ता फोक्सो (lung) मा पस्ने,

स्वासप्रस्वासमा समस्या, Low Blood Sugar, Low B.P, अचेतन अवस्था (Coma), मृत्यु (death)
*दिमागमा हुने रक्सीका दिर्घ समस्याहरु :
-पुराना कुरा बिर्सने समस्या, नया कुरा (new memory) दिमागमा राख्न नसक्नु, मानसिक समस्याहरुको उत्पत्ति (जस्तै निन्द्रामा गडबडी, झर्केने, आतिने, झट्टै उदाशीन हुने समस्याहरु, मनोविकृति (psychosis)

३. मुटु (Heart): Cardiomyopathy, Arrhythmias, High blood pressure

४. अन्य समस्याहरु : Pancreatitis, Gout, Gastritis, Impotence, रोग संग लड्न सक्ने क्षमतामा कमि (weak immune system) जसले गर्दा निमोनिया वा अरु रुखाखोकी जस्ता सामान्य धेरै रोगहरुले लामो समय ग्रस्त पार्ने समस्या; क्यान्सर आदि

५. गर्भवती महिलाले रक्सि खाएको खण्डमा बच्चामा पर्ने असर: Fetal Alcohol Syndrome लगाएत अन्य समस्या (यो बारेमा अर्को पोस्टमा बिस्तृत प्रस्ट्याउनेछु)

3. अचानक रक्सि छोड्दा के समस्या आउन सक्छ ?
**रक्सी छाड्न लगाउनु अगाडी ध्यान दिनुपर्ने कुरा:
— लामो समयसम्म ठुलो मात्रामा रक्सीको सेवन गरेको मानिसले झट्ट रक्सी रोक्दा हात खुट्टा थर थर काँप्ने, आत्तिने, पसिना आउने, मुटुको धड्कन बढ्ने, भित्रै देखि डर लाग्ने, निन्द्रा बिग्रने, बान्ता आउला जस्तो हुने लगाएत होसै हराए जस्तो, भ्रमित भएजस्तो र Seizure समेत हुन सक्छ l यस्तो अवस्था लाई Alcohol बाट withdrawal भएको भनिन्छ l महिनौं दिनसम्म लगातार दिन रात रक्सी खाएकाले झट्ट रक्सी रोक्दा उचित उपचार तत्काल भएन भने ज्यानै पनि जान सक्छ l त्यसैले यो बेलामा alcohol withdrawal बारेमा जानकार स्वास्थ्यकर्मी (Health Care professionals) को प्रत्यक्ष निगरानीमा उपचार गर्नु पर्छ l यस उपचारको अबधि ५-७ दिन सम्म हुन सक्छ l यस्तो alcohol withdrawal को उपचार गर्दा विभिन्न किसिमको benzodiazepines औषधिको प्रयोग गरिन्छ l यो औषधि डाक्टरको prescription बिना पाइदैन l

4. रक्सीको लतको उपचार कसरी गरिन्छ ? 
तत्कालको Alcohol withdrawal बाट बंचाएपछि दिर्घकालिन उपचारको लागि (Treatment for remission)
यो बेलामा यस्तो औषधिको प्रयोग गरिन्छ जसले रक्सि खान मन नलाग्ने, वा खाएपनि रक्सीको पूर्ण मजा लिन नसक्ने वा रक्सि खाँदा शारीरिक समस्या आउने कारणले थप रक्सि खान नसक्ने खालको स्थितिको सिर्जना गर्छ l साथै व्यक्तिले लामो समयसम्म रक्सि खाएर मुटु, दिमाग, कलेजो, प्रतिरक्षा प्रणाली आदिमा गरेको हानी नोक्सानीको उपचार पनि साथै गरिन्छ l लामो समयसम्म ठुलो मात्रामा रक्सी खाने मानिसले (alcoholic ले) समयमा खाना खाएका हुँदैनन् l खानाबाट पाउने पौष्टिक तत्व (calories, electrolytes, vitamins, etc) रक्सीको calories ले पूर्ति गर्छन् l यस कारणले शरीरको सम्पूर्ण अंग सुक्दै जान्छl मांशपेशी र हाड/जोर्नी खिइएर कम्जोर हुँदा शरीरका महत्वपुर्ण अंगहरु थाक्दै जान्छन्, राम्रो संग काम गर्दैनन् l मुटुले राम्रो संग रगत संचालन गर्न नसक्ने, सानो उचाई बाट लड्दा पनि हात खुट्टा भाँचिने आदि समस्या देखिन्छ l यदी तपाइले रक्सीको लत छुटाउन औषधोपचार गर्दै गर्दा ज्यान गएको सुन्नु भएको छ भने (खासगरी उपचार शुरु गरेको ५-७ दिन पछि), त्यसको कारण रक्सी खाईरहेकाले खान छोडेकोले भन्दा पनि पहिलेनै रक्सीले शरीरलाई धमिराझैं खोक्रो बनाई सकेको कारणले हुनसक्छ l

उपचारमा प्रयोग हुने औषधिहरु :
लामो समयसम्म रक्सि प्रयोग गरेका मानिसका शरीरमा कमि हुने तत्वहरु शुरुमा केहि हप्ता वा महिना दिईने गरिन्छ : Electrolytes, Vitamins, Calories Replacement, Rehydration

Naltrexone : यो औषधिको प्रयोगको उदेश्य रक्सी खाएको त्यति मज्जा लिन नसक्ने बनाउनु हो (lessening euphoric or rewarding effects)l यो औषधि ट्याब्लेट (दैनिक खानु पर्ने), इन्जेक्सन (महिनाको एक पटक) वा Implant ( एक बर्षमा १-२ सानो implant) को रुपमा उपलब्ध छ l यो औषधिको प्रयोग अगाडी कम्तिमा एक हप्ता रक्सी प्रयोग गर्नु हुँदैन l मैले उपचार गर्दा प्राय यो औषधि (दिनहु खाने चक्की वा महिनाको एक पटक लिने injection) र Acamprosate भन्ने औषधि दुवै एकै पटक १-२ साल सम्म prescribe गर्छु र धेरैमा result राम्रो देखेको छु l

Disulfiram (Antabuse) : यो औषधिको प्रयोग गर्नु १२-२४ घण्टा अगाडी र प्रयोग गर्न छाडेको दुई हप्ता पछाडीसम्म कुनै पनि किसिमको रक्सी वा Vinegar (or Acetic acid) (चटपट, tomato sauce र धेरै बजारमा पाइने अमिलो खाले खानामा यसको प्रयोग गरिन्छ) वा alcohol (ethanol) containing substance जस्तै perfumes, खोकीको औषधि (cough medicine), after shaves आदिको प्रयोग गर्नु हुँदैन l यो औषधि खाएको बेलामा थोरै मात्रामा भएपनि रक्सी खायो भने शरीरमा निकै पिडा (असहज) महसुस हुन्छ l सहनै नसकिने खालको टाउको दुख्ने, वाक- वाक्ति हुने, वान्ता हुने, आँखाको गेडी दुख्ने, सास फेर्न गाह्रो भएको जस्तो हुने, मुटुको धड्कन बढ्ने, अनुहार रातो हुने, रिंगटा लाग्ने, निकै छटपट्टि हुने हुन्छ l यस्तो समस्या हुने हुँदा यो औषधि प्रयोग गर्नेले रक्सी खान मन गर्दैनन् l

अन्य औषधिको प्रयोग : Campral (Acamprosate), Topamax (Topiramate), Antidepressants, Antipsychotics आदि l

5. औषधि बाहेक अन्य के के गर्नु पर्छ ?
माथि भनिएको औषधिको प्रयोग गर्दैमा रक्सीमा गहिरो लत लागेकाले लत छाडदछन् भन्ने छैन l दिर्घ उपचारको लागि मनोबैज्ञानिक परामर्श (Motivational enhancement therapy, AA meeting, CBT Therapy, र Skill learning courses अवास्येक पर्छl यस्तो परामर्श र अन्य औषधि उपचारको प्रयोग एकै पटक गर्नु पर्छ l उपचारको लागि In-patient treatment (drug rehab type) को आवस्येक पर्छ l यस्तो In-patient उपचार कति लामो हुनुपर्छ भन्ने कुरा व्यक्तिको मानसिक स्वास्थ, शारीरिक स्वास्थ, इच्छाशक्ति आदिमा भरपर्छ l सामान्य तय ३-१२ महिनासम्म लाग्न सक्छl केहि therapy sessions हरुमा घरका परिवारले पनि भाग लिनु पर्छ l

Psychology बारे कुरा गर्दा मेरो अनुभबमा रक्सि छुटाउन अति उत्तम समय वा छुटाउन प्रेरित गर्न (motivate गर्न) सजिलो हुने समय भनेको चाडपर्ब आउनु केहि महिना अघि, घरमा नयाँ सन्तान आउने (छोरा छोरी, नाती नातिना जन्मने) बेला, नजिकको नातेदारको रक्सि कै कारण रोगब्यादी लागेको बेलामा होl

डा. कल्याण सुवेदीका अन्य स्वस्थ सम्बन्धि लेखहरु 


Loading comments...